माओवादीले टुंग्याएका पाँच मन्त्री, कसलाई कुन मन्त्रालय?
363 Views
काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनबाट बनेको सरकारमा पाँच मन्त्रालय पाएको छ।बुधबार बिहान बसेको नयाँ गठबन्धनको बैठकबाट माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने टुंगो लागेको हो।
त्यस्तै रेखा शर्मा र शक्ति बस्नेतले पुरानै मन्त्रालय पाउने टुंगो लागेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए। शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र बस्नेत उर्जा तथा जलस्रोत मन्त्री थिए। उनीहरूको मन्त्री पद यथावत् रहने भएको छ।माओवादीबाट वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका छन्। कांग्रेससँगको गठबन्धन सरकारमा चार मन्त्री पाएको माओवादीले नयाँ गठबन्धनबाट पाँच मन्त्रालय पाएको हो।
मन्त्रालय टुंगो लागेसँगै माओवादीले सरकारमा जाने मन्त्रीहरू पनि टुंग्याएको छ। माओवादीबाट हितबहादुर तामाङ यसअघि नै मन्त्री बनिसकेका छन्। उनी पर्यटनमन्त्री बन्ने भएका छन्। अघिल्लोपटक पर्यटन मन्त्री भएका सुदन किराती भने बाहिरिएका छन्। माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा रक्षामन्त्री बन्ने भएका छन्। उनी यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए।





प्रतिक्रिया दिनुहोस