तपस्यी बोमजनले जिल्लाको आदेश बदर गर्न माग गर्दै निवेदन पेश
115 Views

काठमाडौँ, २२ फागुन । तपस्वीको भेषमा हत्या, हिंसा, बलात्कार लगायत अपराध गरेको आरोप लागेका रामबहादुर बोमजन पक्राउ परेको दुई महिनाभन्दा बढी भइसक्यो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीमाथि छानबिन गरिरहेको छ।
सिआइबीले बमजनसँगै उनको घरबाट ३० करोड रूपैयाँ बराबरका नेपाली र विदेशी मुद्रा, ३५ वटा मोबाइल र १५ वटा ल्यापटप बरामद गरेको थियो।
बमजनको अनुसन्धानसँग जोडिएका विषयमा सिआइबीका डिएसपी धर्मराज भण्डारी यसो भन्नु हुन्छ । बमजनको घरबाट बरामद रकमको स्रोत खुलेको छैन। उनी अपराधिक क्रियाकलापमा संलग्न रहेको देखिएकाले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाइएको छ।
बमजनले आफूलाई बुद्धको अवतार, भगवान र निश्चित सम्प्रदायको गुरू भन्दै धेरैलाई गलत प्रभाव पारेर पैसा असुलेको स्थापित हुन्छ। दान नै लिएको भए पनि कसले कहाँबाट कति दान दियो, कुन दिन कति रकम प्राप्त भयो भन्ने विवरण भेटिएन। यसले पनि उनीसँगको सम्पत्ति अवैध हो भन्ने पुष्टि हुन्छ। थप अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्ने छ। उहाँले भन्नु भयो ।
बोमजनको घरबाट बरामद भएका मोबाइल, ल्यापटप लगायतका सामानहरु लामो समय लगाएर जाँच गरेको तर केही खास ठोस प्रमाण फेला नपरेको जानकारी दिनुभयो । दुई महिनामा उनका बारेमा सिआइबीले सम्पत्ति शुद्धीकरण विभागमा फाइल पठाएपछि अहिले बमजनका निकट व्यक्तिको विवरण संकलन गर्ने काम भइरहेको र साक्षीहरू को को हुन सक्छन् भन्ने विश्लेषण भइरहेको जनाएको छ ।
नुवाकोट, सिन्धुपाल्चोक र बारा प्रहरी कार्यालयमा बमजनविरूद्ध व्यक्ति बेपत्ता र हत्या गरेको आरोपमा मुद्दा परेका छन्। सिआइबीको काम ती सबै कार्यालयलाई प्रमाण जुटाउन सहयोग गर्ने हो त्यसैले अहिले बोमजनले गरेका घटनामा संलग्न र साक्षीहरूको खोजी भइरहेको जानकारी दिनुभयो । बोमजनमाथि मानिस बेपत्ता पारेको र हत्यासमेत गरेको आरोप लागेको हुँदा सिआइबीले फिल्डमै गएर प्रमाण खोजिएको भने छैन तर त्यसैको तयारीका लागि विभिन्न व्यक्तिको विवरण संकलन गरिरहेको बताउनुभयो । सिआईबिले विभिन्न मानिसलाई बोलाएर बयान लिन थालेपछि ती प्रमाण भेटिने जनाएको छ । सिआईबि अब फिल्डमा जाने तयारीमा रहेको र यिनै तयारीका कारण बोमजनसँग सिआइबीले अहिले बयान लिने काम बन्द गरेको बताउनुभयो ।
बोमजनलाई अहिले महोत्तरी कारागारमा राखिएको छ। गंगामायालाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदालतले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाईएको हो। उहाँले उच्च अदालत जनकपुरमा जिल्लाको आदेश बदर गर्न माग गर्दै निवेदन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस