वडा कृषि संजालद्वारा कौसी कृषकलाई सम्मानित
104 Views
पोखरा । वडा कृषि सञ्जाल पोखरा ९ ले ८५ जना कौसी करेसा कृषकलाई सम्मान गरेको छ ।
वडा कृषि सञ्जाल ९ को आयोजना र पो .म .न .पा .वडा नं ९ को सहयोगमा उत्कृष्ट कौशी करेसा कृषक ८५ जनालाई मल, ग्रोव्याग, कोको पिट, कुटो, बीऊ र सम्मान पत्र साथै १७५ जनालाई कुटो र बीऊ दिएर सोमबार सम्मान गरिएको अध्यक्ष बिमला रानाभाटले बताइन ।
उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दीपेन्द्र मर्सानी, वडा सदस्य लक्ष्मी पहारी, महानगर कृषि तथा पशु महाशाखा प्रमुख मनहर कडरिया, प्रदेश संग्रालय प्रमुख करुणा राई, वडा सचिव कुलराज पौडेल, भावना रानाभाट, कान्ति अधिकारी , राममाया मानन्धर, उत्तम जोशी, पत्रकार कृष्ण रानाभाट, खिमा गुरुङ साथै सम्पूर्ण आमा समूहका अध्यक्ष एवम् टोल विकासका अध्यक्ष सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस