भूमिअधिकार तथा श्रमिक संगठनको पदास्थापन
172 Views
पोखरा । नेकपा एमाले निकट जनसंगठन भुमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटि कास्कीको पदास्थापन कार्यक्रम आइतबार एमाले जिल्ला पार्टी कार्यालय शान्तिवनमा सम्पन्न भयो ।
टेक बहादुर पुनको अध्यक्षतामा गत माघ २५ गते ३५ सदस्यिय कार्यसमिति चयन भएका थिए ।
नेकपा एमाले स्थायी कमिटि सदस्य तथा जिल्ला कमिटि कास्कीका इन्चार्ज थम माया थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।
सो अवसरमा निर्वाचित कार्यसमितिलाई नेकपा एमाले कास्कीका सचिव बैन बहादुर क्षत्री, संगठनका कास्की इन्चार्ज सेती माया गुरुङ, अखिल नेपाल महिला संघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
संगठनका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वेलमाया गुरुङ र संचालन प्रेम बहादुर गुरुङले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस