शालिनको पोष्टमार्टम रिपोर्ट, ब*लात्का*र देखिएन, झु*ण्डिएका कारण मृ*त्यु
267 Views

चितवन, २० फागुन । चितवनको रत्ननगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ ।
शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।
स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा फागुन १० गते १४ वर्षीया शालिन पोखरेलको शव होस्टलको कोठामा भेटिएको थियो । किशोरीको पुरानो नोट बुकहरु मगाएर सुसाइड नोट पनि ल्याबमा पठाइसकेका छौं, सम्भवतः आज साँझ वा भोलिसम्ममा रिपोर्ट आउँछ’, प्रहरी उच्च स्रोतले सन्चार्मीसँग भनेका छन् , ‘प्रहरी यो घटनाको अनुसन्धानमा एकदमै संवेदनशील छ ।’
गृह मन्त्रालय स्रोतका अनुसार, आवश्यक परे यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीलाई पनि खटाउने गरी प्रहरी हेडक्वार्टरलाई निर्देशन भएको छ । प्रहरीले भने संवेदनशीलतालाई मध्यनजर गर्दै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको जनाएको छ ।
काठमाडौंमा भएको पोष्टमार्टमको प्रतिवेदन समेत तयार भइसकेको छ । जसमा झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस