पत्रकार रमेश पौडेललाई मातृ शोक
313 Views

पोखरा । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष, रेडियो बाराहीका प्रबन्ध निर्देशक, गोर्खापत्र दैनिक गण्डकी प्रदेश प्रमुख पत्रकार रमेश पौडेल लाई मातृ शोक परेको छ ।
पौडेलकी आमा ईन्द्रकला पौडेलको सोमबार कुस्मा-९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको थियो ।
यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।
उहाँका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेम नारायण पौडेल, जय शर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) छन ।
स्वर्गीय आमा इन्द्रकला पौडेलको आज २०८० फागुन १५ गते विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस