रोटरी क्लब अफ पोखरा अन्नपूर्णले मनायो रोटरी दिवस
111 Views
पोखरा । रोटरी क्लब इन्टरनेशनल स्थापना भएको ११९ वर्ष पुगेको अवसरमा रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरामा स्थापना दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रीक्ट ३२९२ का रोटरी बर्ष २६/२७ का डिजि बिष्णु बहादुर कार्की रोटरी क्लबको स्थापना र क्लब सदस्यले गर्नुपर्ने कामको बारेमा बोल्नु भएको थियो ।
पोखराको शहिद चोकको चौतारीमा दिप प्रज्वलन गरी रोटरी दिवस मनाएको क्लबका अध्यक्ष तोय बहादुर भट्टराईले वताए । उनले शिक्षा, स्वास्थ्य र बाताबरण संरक्षणमा बाकी रहेका कामहरु यसै बर्ष पुरा गर्ने गरि क्लब अगाडी बढेको बताए ।
रोटरी क्लब अफ लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले रोटरी क्लबले गरेका सामाजिक कामहरु बारेमा बोलेका थिए ।
सो अवसरमा पोखरामा रहेका अन्य क्लब जस्तै रोटरी क्लब अफ मिड टाउन, पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ गण्डकी र रोटरी क्लब अफ लेखनाथ तथा रोट्रयाक्ट क्लब, रामबजार स्थित एसओएसका माइनर युथ क्लबका सदस्यहरु आवद्ध व्यक्तिहरुको सहभागिता रहेको सचीव निकेश कर्माचार्यले बताए ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्ण आफ्ना सामाजिक क्षेत्रमा गरेका कार्यहरुको कारण पोखरामा सामाजिक कार्य गर्ने संघसंस्थामा अग्रस्थानमा रहेको कार्यक्रम संयोजक क्लबका कोषाध्यक्ष माधव वरालले वताए ।
प्रतिक्रिया दिनुहोस