फेदीखोला समाजको रक्तदान कार्यक्रम सम्पन्न
438 Views
पोखरा । बृहत फेदीखोला सम्पर्क समाजको आयोजनामा शुक्रबार विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग तथा युनाइटेड रेफरेन्स ल्याब्रोटरी (युआरएल) सँगको सहकार्यमा भएको रक्तदान कार्यक्रमको समाजका आजिवन सदस्य तथा मुटुरोग विशेषज्ञ डा. तेजबहादुर गुरुङले कार्यक्रम संयोजक देविका कार्कीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ, युआरएल का अध्यक्ष ठाकुर पन्त, समाजसेवी याम प्रसाद पौडेल र कृष्ण कुमारी कुँवर लगाएतले मन्तव्य दिएका थिए ।
समाजले सामाजिक कार्य अन्तर्गत विद्यालयहरुमा न्यानो कपडा वितरण, देउसी भैलो, वनभोज कार्यक्रमहरु गर्दै आइरहेकोमा यस पटक रक्तदान कार्यक्रम गरेको फेदीखोला–पोखरा सम्पर्क समाजका अध्यक्ष जगदीश लामिछानेले जानकारी दिए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।
समाजका अध्यक्ष जगदिश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा दितिय उपाध्यक्ष लालकार्की अन्जानले स्वागत र संचालन सचिव मिनप्रसाद सुवेदीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस