बहेडवा थारू होमस्टेमा बयल गाडा सफारी हुने
301 Views
त्रियुगा । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १३ का थारू समुदायले संचालन गरेको बहेडवा सामुदायिक होम स्टेले वयल गाडा सफारी संचालन गर्ने भएको छ ।
होम स्टेमा आउने पाहुना लक्षित उक्त गाडा सफारी थारू हट चौक देखि समाजसेवी समुहको कार्यालय लगाएत पुर्व टोलको बाटो हुँदै वडा अध्यक्ष नवीन चौधरीको घर पुगेर करिब २ किमि यात्रा पछी पुनः थरुहट चौक आउने होम स्टेका अध्यक्ष भुवनसिं चौधरीले बताए ।
स्थापना संगै कोरोना महामारीको चपेटामा परेको होम स्टे अहिले पाहुनालाई स्वागत गर्दै फुर्सद नभएको बताउँछन् ।
पुर्व पश्चिम राजमार्ग देखि करिब ४० किमि उत्तरमा, गाइघाटदेखी पुर्व ५ किमिमा रहेकोे उक्त होम स्टेमा थारु समुदायको खाना र सांस्कृतिक कार्यक्रममा रमाउन पाइन्छ ।
आगामी फागुन २५ गते महाशिवरात्रीको दिन बिहान ७:०० देखि शुभारम्भ हुने वयल गाडा सफारीको प्रति ब्यक्ति १००/- लिइने र उक्त रकम सांस्कृतिक भवन बनाउन खर्च गरिने छ ।
सादा खाना १५०/- देखि २००/- र बासको ३००/- प्रतिब्यक्ती लिने गरिएको तथा समितिलाई १० प्रतिशत छुट्टाइने गरेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस