स्थानिय प्रशासन माथि नगर प्रमुख यादवको आपति
633 Views
शम्भु चौधरी सिरहा, २९ माघ । मिर्चैया नगरपालिकामा हिजो घटेको घटनाको २४ घण्टा वितिसक्दा समेत दोषी उपर कुनै किसिमको कानूनी कारवाही गर्न नसकेको भन्दै नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले स्थानिय प्रशासन माथि आपति जनाएका छन ।
सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवले केही उच्छृखल व्यक्तिहरुको समूहले नगरपालिकाको कार्यालयमाथि ढुंगामुढा गरी भौतिक सम्पत्ति तोडफोड गर्नुको साथै कर्मचारीमाथि समेत हातपातको प्रत्यक्षदर्शी स्थानीय प्रशासन भएपनि दोषी मध्ये कसैलाई पनि हालसम्म पक्राउ गर्न नसकेकोले वाध्य भएर स्थानीय प्रशासन विरुद्ध पत्रकार सम्मेलन गर्नु परेको नगर प्रमुख यादवले उल्लेख गर्नुभयो ।
राजनीतिक मुद्दाको विषयलाई निहुँ बनाएर कर्मचारीमाथि हातपात गर्नु निन्दनीय कार्य भएको भन्दै आइन्दा यसो कार्य गरे आफूहरुले नगरपालिकाको सबै काम अवरुद्ध गर्ने कर्मचारीहरुले सम्बन्धित निकायलाई चेतावनी दिएका छन् । यता इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको जनाएको छ ।
वडा नम्बर ३ मा वडा सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित भएको भन्दै नगरपालिकाको विरोधमा आइतबार स्थानीय युवाहरुले नगरपालिका तालाबन्दी गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी निरीक्षक सहित केही युवाहरु घाइते भएका थिए ।
यद्यपि कर्मचारी सरुवा बरुवा नगरपालिकाको नियमित कार्य भएकोले ३ नं। वडाका वडा सचिवको जनगुनासो अत्यधिक आएको कारण अन्यत्र वडामा सारिएको नगर प्रमु्ख यादवले उल्लेख गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस