हाइकर्स क्लबको ४३ औं श्रृङ्खला दोपहरे देखि नुवाकोटसम्म सम्पन्न
198 Views

पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ६ वर्ष देखि निरन्तर संचालन भइ रहेको हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रमको ४३ औं श्रृङ्खला शनिबार सम्पन्न भयो ।
शनिबार विहान हाइकर्समा सहभागीलाई विदाई गर्दै पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही योगीले हाइकिङ अभियानले व्यक्तिको स्वास्थ्य र ग्रामिण पर्यटनको प्रवद्र्धनमा प्रत्यक्ष सहयोग गर्ने भएकोले नियमितता दिन आफुले सक्दो सहयोग गर्ने वताउँदै आयोजकलाई धन्यवाद दिएकी थिइन ।
क्बलका अध्यक्ष कृष्ण रानाभाटले हाल सम्म ५ सय बढि हाइकिङको अभियानमा सहभागि भएका बताउँदै कास्की, स्याङ्जा र तनहुँ जिल्लाका ३० भन्दा वढि गाउँ पुगेको वताएका थिए ।
सो अवसरमा क्लबका सदस्य तथा हाइकिङ भाग ४३ संयोजक पितम सेन ठकुरीले क्लबको हरेक काम प्रविधि मैत्री भएकोले सहभागी हुन इच्छुकले अग्रिम रुपमा गुगल फर्म भर्नु पर्ने वताउँदै सदस्यता लिन इच्छुकले ६०० तिरेर सदस्यता लिन सकिने वताए ।
त्यसै गरि अर्का सदस्य तथा ट्रेकिङ गाईड सुन्दर त्रिपाठीले पदयात्रामा सहभागीले अपनाउनु पर्ने साबधानीका बारेमा वताउँदै हिड्दा कुनै समस्या आएमा प्राथमिक उपचारको व्यवस्था रहेको वताएका थिए ।
हाइकिङमा पहिलो पटक सहभागि नयाँबजारका पुस्तक व्यवसायी कुष्ण तिमिल्सिना, ट्रेकिङ गाइटड निरमाया राना, नदिपुरका औषधि व्यवसायी राम कायस्थ, शिक्षिका रश्मी सेन लगाएतले कार्य व्यवस्ताले पैदल हिड्न नमिल्ने सबैलाई महिनामा एक पटक हाइकिङ कार्यक्रम सहभागि हुँदा धेरै राम्रो भएको वताउँर्दै नियमित सहभागि हुने वताए ।
प्रतिक्रिया दिनुहोस