पोखराबाट तामसालिङका तामाङले केहि सिक्न जरुरी छ माननिय राधिका तामाङ
515 Views
कास्की, २२ माघ । गण्डकी प्रदेश कास्की जिल्लाको पोखरामा ८ औं संस्करण मिस तामाङ पोखरा २०२४ को उपाधि राेशिला ब्लाेन तामाङले हात पारेकी छन् ।
मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ सेवा समाज र समाजको अध्यक्ष मिस तामाङ पोखराको परिकल्पनाकार ज्याक तामाङको आयोजनामा शनिबार भएको मिस तामाङकाे ग्राण्ड फिनालेमा ९ प्रतिस्पर्धाीलाई पछि पार्दै राेशिलाले यस बर्षकाे उपाधि हात पारेकी हुन । मिस तामाङ पोखरा २०२४ की बिजेता राेशिलाले १ लाख नगद सहित ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्टहरु प्राप्त गरेकी छन् ।
त्यस्तै मिस तामाङ पोखरा २०२४ काे फस्ट रनर अप माेनिका पार्खिन तामाङ भएकी छिन् । उनले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन् । सेकेण्ड रनर अप बर्षा गाेले तामाङले हात परेकी छन्। उनले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्न सफल भएकी छन्। भने साे प्रतिस्पर्धामा भिवर्स च्वाइसका रुपमा अर्पना डुम्जन तामाङले नगद २० हजार सहित ताज, ट्रफी प्रमाण पत्र सहितको पुरस्कारहात पारेकी छन् ।
तामाङ समुदायको भाषा, संस्कार, संस्कृति,सभ्यता तथा रहनसहन साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियर सम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकला सम्बन्धी ४५ दिने लामो तालिम पश्चात् सक्षम मिस तामाङ छनाेट भएको हो ।
उक्त ग्राण्ड फिनाले कार्यक्रमको सञ्चालन आवाजको दुनियाको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी र खोज मिडियाका सञ्चारकर्मी रजनी तामाङ ले गर्नु भएको थियाे । यस प्रतिस्पर्धामा विभिन्न क्षेत्रका विज्ञ जजहरुले सहजीकरण गर्नुभएकाे थियाे ।जसमा राजु केसी, कमला गुरुङ, मिस्टर नेपाल २०१९ का डा.शन्तोष उपाध्याय, तिर्थ तामाङले जजको भूमिका निभाउनु भएका थिए ।
वाग्मती प्रदेशसभा सदस्य माननिय राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । तामाङ जातिका विभिन्न संघसंस्थाहरूका प्रतिनिधिहरूकाे बाक्लो सहभागीता रहेकाे साे कार्यक्रममा गायक संगीतकार राजनराज शिवाकोटी,संजिव वाइवा, जी पुनको प्रस्तुतिले हल गुन्जायमान भएको थियाे। त्यसतै पोख्रेली धुर्मुस यानिकि राजेन्द्र नेपालको हास्यात्मक प्रस्तुतिले कार्यक्रम अझै मन्च तातिएको थियो । त्यस्तै तामाङ जातिका विविध साँस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियाे ।
कार्यक्रमको सुरुवातमा बैदाम तामाङ सेवा समाजका ताम्बा संघ द्वारा साङ्ग सेर्केम गरेका थिए भने पेमा धेछेन्लिंग गुम्बाको धर्म गुरु घ्युर्मी नाम्गेलले बुद्धको मंगल पाठ वाचन गरेरका थिए । त्यसैगरी ताम्बाहरुबाट डम्फु र टुङ्ना बजाई कार्यक्रमलई रोचक बनाईएको थियो । उक्त ग्राण्ड फिनालेको उद्दघाटन बागमती प्रदेश सभा सदस्य माननीय राधिका तामाङ् र बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले छ्योमे बालि उद्दघाटन गरेका थिए । प्रमुख अतिथि राधिका तामाङले पोखराबाट तामाङसालिङका तामाङहरुले केहि सिक्न जरुरि रहेको भन्दै मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष राम बहादुर ब्लोनको मन्तव्य रहेका थिए । त्यस्तै नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दिपक वाईबाको मन्तव्य रहेका थिए ।
प्रतिक्रिया दिनुहोस