रोटरी क्लब अफ पोखरा अन्नपूर्ण १८ बर्षमा प्रवेश
256 Views
पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णले बिहिवार १८ औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष देवराज चालिसेले एउटै ब्यक्ति समान प्रकृति भएका धेरै संस्थामा सकृय हुँदा सामाजिक कार्यमा उर्जा प्रदान नहुने भएकोले सकेसम्म एउटै संस्थामा सकृय हुन आग्रह गरे ।
क्लब अध्यक्ष तोयबहादुर भट्टराईले जहाँ अत्यन्तै आवस्यकता हुन्छ त्यहाँ नै रोटरी पुग्ने गरेको बताउँदै केही दिन अगाडी म्याग्दीको तातोपानीमा नुहाउन जान नसक्ने बिरामीहरुको सहायताको लागि ४ वटा ह्विल चियर समितिलाई बितरण गरिएको बताए ।
सो अबसरमा दुई हात नभएकी म्यादी घर भइ हाल एसओएस राम बजारमा कक्षा १० मा अध्ययनरत पबिता नेपालीलाई २४ हजारको चेक संस्थापक अध्यक्ष देवराज चालिसे र अध्यक्ष तोय बहादुर भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उक्त रकम युकेकी रोटरी क्लब अफ हेभनकि सदस्य आन चावरले प्रदान गरेकी हुन भने उनले नर्सरी देखि हालसम्म प्रदान गर्दै आएको पुर्व अध्यक्ष रोस गुरुङले बताए ।
कार्यक्रममा डिस्ट्रीक्ट गभर्नर नोमिनी बिनोद कोइराला, जोन २१ का असिस्टेन्ट गभर्नर जयराम पौडेल, रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देल लगाएतले बोलेका थिए ।
क्लबका अध्यक्ष तोय बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सरोजनारायण बरालले संचालन सचीव निकेश कर्माचार्यले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस