“दाङबोला ग्युई ठिम” तामाङ संघको आयोजनामा राष्ट्रीय ल्होछार शुभकामना साँस्कृतिक कार्यक्रम सम्पन्न
557 Views
काठमाडौं, १८ माघ । दाङबोला ग्युई ठिम तामाङ संघको आयोजनामा राष्ट्रीय ल्होछार शुभकामना साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा हिजो माघ २० गते शनिबार दिउँसो १ बजे बौद्ध नयाँबस्तीस्थित होटल सन्बिमा ल्होछारको अवसरमा शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रम रहेको संघका अध्यक्षले जानकारी दिए। बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले उद्घाटन गर्ने उक्त कार्यक्रममा आचार्य नुर्वु शेर्पा र खेम्बो सर्वोजित तामाङको उपस्थिति मा ल्होसार सम्बन्धी धार्मिक महत्व र ल्होसार मनाउने बिधि सम्बन्धी धार्मिक प्रवचन रहेको थियो ।
विगतका वर्षहरूमा गर्दै आएको साँस्कृतिक कार्यक्रमलाई यस वर्षपनि ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । हिमालयन महायानी बौद्धधर्मावलम्बीहरूको महान तिथि छ्युटुल दुईचेन तथा ल्होछारको अवसरमा हाम्रो संस्कृति हाम्रो परम्परा र घर घरमा ल्होसार मानौ भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको कार्यक्रममा सफलता पुर्वक सम्पन्न भएको हो ।
यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रवर्धन हुने भएकाले यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजक संयोजक टेक राज मोक्तानले जनाकारी दिनुभएको हो । पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार,संस्कृति, भाषा, भेषभुषा र कलाको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सल्लाहकार मोक्तान तामाङले बताउनुभयो ।
सल्लाहकार समाजसेवी टेकराज तामाङ र नृत्यकार करिना तामाङले संचालन गर्ने कार्यक्रममा अतिथि कलाकार सुनिला तामाङ, वरिष्ठ गायक विजय लामा, वरिष्ठ गायिका मिना लामा, चलचित्रकार आशमान तामाङ, गायिका मिनाश्री लुंगेली मगर, जुवारी गायीका सुनिता बल, पोङ्दिला च्याङ्बा,मेन्दोमाया गायक रोशन फ्यूबा तामाङ, सेलो गायिका लक्ष्मी तामाङ, सेलो गायक देवलाल मोक्तान, बिसाल योञ्जन, दोहोरी गायिका सरिता लामा, गायक सागर गुरुङ, निश्चल योञ्जन, गायिका कमला थापा, प्रमिला मोक्तान, मोडल मञ्जिरा घलेले कार्यक्रममा भरपुर मनोरंजन दिएका थिए ।





प्रतिक्रिया दिनुहोस