दुर्घटना होकी हत्या, रने तामाङ्ले छाडे संसार
214 Views

सिन्दुली, ११ माघ । तपस्यी राम बहादुर बोम्जनबिरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोसणको मुद्धा हालेकी किशोरीको बुवा रने तामाङको सवारी दुर्घटनामा मृत्यु भएको छ । सिन्दुली जिल्ला प्रहरी कार्यलयका अनुसार मंगलबार रौतहटबाट सिन्दुलिको डगाह तर्फा जादै गरेको ति किशोरीका बुवा सवार बा ५८ प ९११४ नम्बरको मोटरसाईकललाई भिमानतर्फ़ जाँदै गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले ठक्कर दिदा उनको मृत्यु भएको हो । उक्त घटना हत्या गर्ने नियतले दुर्घटना गराईएको हो कि भन्ने प्रहरीले आशंका गरेको छ ।
दुर्घटनामा परि गम्भीर घाईते किशोरीको बुवाको उपचारको क्रममा सिन्दुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्दुलिका एसपी राज कुमार सिलवालले जानकारी दिएको छ । उक्त ट्याक्टरले ति किशोरीकी बुवा सवार मोटरसाईकलसंगै ना ११ प ५७५० नम्बरको मोटरसाईकललाई पनि ठक्कर दिएको थियो ।
यसका चालक भने सामान्य उपचार पछि अस्पतालबाट दिस्चार्ज भईसकेको प्रहरीले जानकारी दिएको छ । यसै बीच मृतकका आफन्तले षड्यन्त्र गरि मारिएको हुन सक्ने आशंका गरेका छन् । ति किशोरीका बुवाले केहि दिन अघि मात्रै बोम्जनले गरेको यौन शोसण आरोपबारे अन्तर्वार्ता दिएका थिए ।
सोहि अन्तर्वार्तामा उनले भनेका थिए, मेरो छोरी पिडित होइन कसैले षड्यन्त्र गरि पिडित बनाईएको हो । तपस्यी राम बहादुर बोम्जन हाम्रोलागि भगवान सरह हो। राम बहादुर बोम्जन गुरुको सट्टा म बसनेछु जेल भित्र मलाई राख्नुहोस तर हाम्रो गुरुले यस्तो गलत काम गर्न सक्दैनन् त्यसैले हामि उहाँको सत्यको निम्ति जे गर्न पनि तयार हुनेछौ ।
यसरी बोम्जनको पक्षमा खुलेर बोलेका किशोरीका बुवालाई षड्यन्त्र गरि दुर्घटना गराईएको भन्ने प्रहरीले आशंका गरेको छ । मोटरसाईकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रण मा लिएको छ । बाराको रतनपुरी स्थित जंगलको आश्रममा बस्दा ति किशोरीलाई बाल यौन शोशण गरेको आरोप लागेको आभियोगमा बोम्जन हाल महोत्तरी जिल्ला कारागारमा छन ।
राम बहादुर बोम्जनलाई सी आई बि र राज्यले झुठो आरोप लागाउन बाध्य गराए भनेको ४ दिनमै किशोरीको बुवा रने तामाङको सडक दुर्घटनाबाट मृत्यु भएको हुँदा घटना संकश्पद बनेको छ । विषय वस्तु एकातिर पक्राउ गर्ने तरिका अर्को तिर भएको भन्दै राम बहादुर बोम्जन पक्षका व्यक्तिहरुले आलोचना गरिरहेको छ ।
राम बहादुर बोम्जनलाई फ़साउनको निम्ति रने तामाङलाई सी आई बि का टोलीले धम्किपूर्ण रुपमा आँफुलाई झुटो बोल्न बाध्य गराईएको भन्दै पत्रकार सम्मेलनमा बोलेका थिए । यदी रने तामाङले झुटो नबोलेको भए सी आई बि का टोलीले उनलाई त्यही मारिदिन्थे भन्दै पत्रकार सम्मेलनमा बोलेका रने तामाङले ४ दिन बित्न नपाउंदै संसार छोडेका छन् ।
प्रतिक्रिया दिनुहोस