रुपाको ठकुरी बस्तीमा पुरुष भलिबल प्रतियोगिता हुने, २० भन्दा बढी टिम सहभागी हुँदै
655 Views

पोखरा । रूपा गाउँपालिका वडा नं ४ ठकुरी बस्तीमा रहेको श्री गोर्खा कालिका क्लबले १९ औ वार्षिक उत्सवको अवसरमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । क्लबले स्थापनाकाल २०६१ देखि नियमित रूपमा भलिबल प्रतियोगिता गर्दै आएको संयोजक मदन मल्ल छाँयाले बताए । प्रतियोगितामा २० भन्दा बढी टिम सहभागी हुने उनले बताए ।
२०८० माघ १४ देखि ३ दिनसम्म आयोजना हुन गइरहेको साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० रूपा-४ ठकुरी बस्ती (धामीगाउ) कास्की मा हुने छ ।
साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा सास्कृतिक कार्यक्रमका साथै घैटो फोर, ठेलो, भाले दौड प्रतियोगिता हुने छ ।
प्रतियोगितामा भाग लिन २०८० माघ १२ र १३ गते सम्म १२:०० बजे भित्र टीम दर्ता गरिसक्नु पर्नेछ। टिम दर्ता शुल्क ५ हजार लाग्ने छ र खेल रेफ्रीको आधारमा खेलाइने क्लबका अध्यक्ष होम बहादुर ठकुरीले बताए ।
त्यसैगरि आयोजकले तोकेको समयमा खेलाडी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने अन्यथा, विपक्ष टिमलाई स्वतः विजय घोषणा गरिन्छ र खेलाडीले आवश्यक परेको खण्डमा नागरिकता देखाउनु पर्ने लगाएतका नीति अबलम्बन गरिने छ ।
प्रथम पुरस्कार नगद ५० हजार ट्रफी, मेडल/प्रमाणपत्र र द्वितीय पुरस्कार नगद ३० हजार ट्रफी, मेडल/प्रमाणपत्र त्यसैगरी उत्कृष्ट विधाहरू तर्फ बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट लिब्रो र बेस्ट ब्लकरलाई आकर्षक पुरस्कारको ब्यबस्थापन गरिएको आयोजकले बताए ।
प्रतिक्रिया दिनुहोस