न्यानो कपडा वितरणमा जनप्रतिनिधि बिच आपसी खिचातानी
241 Views
शम्भु चौधरी, लहान ४ माघ । चिसोबाट बच्न गरिब,दलित तथा अति विपन्न समुदायको लागी खरिद गरिएको न्यानो कम्बल वितरणमा जनप्रतिनिधि बिच आपसी तालमेलको कमी देखिएको छ ।
सिरहाको धनगढीमाई नगरपालिकामा कार्यपालिकाको बैठकबाट नै रु १६ लाख बराबरको न्यानो कपडा वितरण गर्ने निर्णय भए तापनि अहिले सम्म वितराण नभएको आम जनसमुदायको गुनासो रहेको छ ।
पालिकाको जनघनत्वलाई मध्य नजर गर्देै न्यानो कम्बल वितरणमा १६ लाख रकम अपुग भएकोले थप ४ लाख गरी जम्मा २० लाख रकम बराबरको न्यानो कपडा खरीद गरि पालिकमा राखिएको नगर स्रोतले जनाएका छन ।
राजनिति आपसी खिचातानीले गर्दा गरिब दलित तथा अति विपन्न समुदाय माथि अति ठुलो खेलवार भएकोमा पालिका माथि नै प्रश्न चिन्ह खडा भएको स्थानियहरुको भनाई रहेको छ ।
पालिका भित्र जनप्रतिनिधिको आपसी तालमेल नमिलेको कारण विकासका काममाज तथा ठुलाठुला योजनाका कामहरु पनि हुन नसकेको पालिकाको एक स्रोतले बताएका छन ।
धनगढीमाई नगरपालिका जिल्ला मै अग्रस्थानमा रहे तापनि अहिलेको यस्तो गतिविधिले गर्दा कुन स्थानमा छ भनौ भन्न नसकिने अवस्थामा रहेको अगुवा बुद्धिजिविहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस