नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको पहिलो संस्करण ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ हुदै
775 Views
कास्की, ३ माघ । गण्डकी प्रदेश कास्की जिल्ला नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा यहि माघ ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलोनृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिनुभयो।
उहांले हालसम्म २० वटा टिमले दर्ता गरिसकेको बतांउदै यहि आउंदो शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने पनि बताउनुभएका छ। उहांका अनुसार सोप्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। संयोजक तामाङले सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।
उहांले तामाङ समुदायको संस्कृतिलाई संरक्षण, गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउदै प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्यसमुदायका नृत्य समूहले पनि सहभागिता जनाउन पाउने बताउनुभये ।
‘यो प्रतियोगिता हामीले हाम्रो संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजना गरेका हौं । त्यसैले तामाङ समुदाय मात्र नभएर अन्य समुदायबाट पनि भागलिन पाउनुहुनेछ, उहांले भन्नुभयो, ‘तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित हुनुपर्नेछ ।’
सो प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने चर्चित सेलो गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुतराख्ने प्रतियोगिता संयोजक जसपाल पाख्रिन तामाङले जानकारी खोज मिडियालाई दिएको छ।
नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको अध्यक्ष राम बहादुर ब्लोन (शिवु ) तामाङ रहेका छन् भने कोषअध्यक्षमा जसपाल पाख्रिन रहेका छन् ।उहांहरुको सक्रियताले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस