पोखरामा तामाङ चलचित्र “चारदाम”भव्य प्रदर्शन,बटुले दर्शकको माया
327 Views

कास्की, २२ पौष । तामाङ चलचित्र “चारदाम”पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।
तामाङ जातिहरुमा पहिलो घरबार टुटेपछि दोस्रो घरबार बसाउंदा चारदामको सगुनपोङ बुझाउंनु पर्ने रितिरिवाज रहेको छ । उक्त चलचित्रमा तामाङ जातिहरुको लोप हुदैं गएको संस्कार, संस्कृति, रहनसहन र रितिरिवाजलाई जगेर्ना गर्नुपर्ने चलचित्रमा उतारिएको छ ।
“चारदाम” चलचित्र पोखरामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गरि प्रदर्शन गरिएको हो । चलचित्रको अभिनेता सुवास मोक्तान रहेको छ भने अभिनेत्री सुकुमाया मोक्तान रहेकी छन् ।
तामाङ रितिरिवाजमा आधारित “चारदाम” पोखराको चिप्लेढुङ्गामा अवस्थित पोखरा सिनेप्लेक्स हलमा प्रदर्शन गरेका थिए ।
पोखरामा “चारदाम”चलचित्रले सोचे भन्दा धेरै दर्शक बटुलेका छन् । चारदाम के हो ? किन गरिन्छ चारदाम? भन्ने विषयलाई लिएर निर्माण गरिएको चलचित्रमा पहिलो बिवाह गरि टुटेपछि पुनः दोस्रो बिवाह गरिदा चारदामको आवश्यक पर्ने र चारदामको पोङ बुझाउनु पर्ने रितिरिवाजलाई जगेर्नाका लागि उक्त चलचित्र निर्माण गरिएको जनाएको छ ।
उक्त चलचित्र हेरिसकेपछि दर्शकले सकरात्मक टिप्पर्णी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस