समाजसेवी तथा छोरेपाटन माबिका भुपु बिद्यार्थी माधब बराल सम्मानित
320 Views

पोखरा । पोखरा १७ बिरौटा निवासी समाजसेवी, जग्गादाता माधब बराल छोरेपाटन माबिको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसका अबसरमा सम्मानित भएका छन् ।
छोरेपाटन माबिमा २०३५ देखि २०४२ साल सम्म अध्ययन गरेका बरालले भुपु विद्यार्थी मञ्चको संस्थापक सल्लाहकार भइ २०६० देखि नै सक्रिय रुपमा समाजसेवामा लागेका हुन । उनले विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैया राशीको तुलसी स्मृति अक्षयकोष स्थापना गरेका छन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दोसल्ला, सम्मान पत्र द्वारा मंगलबार सम्मान गरेका थिए ।
त्यस्तै उन्ले गुप्तेश्वर महादेव गुफा र छोरेपाटन माबिले संयुक्त रुपमा लगानी गरेर खरिद गरेको पोखरा १७ डेभिज फल नजिकैको १० आना जग्गा बिद्यालयलाई दान दिएका थिए ।
रोटरी क्लब, राम मन्दिर, ब्राह्मण समाज, जागरण टोल, ड्याम साइड क्लब, बिरौटा क्लब लगाएत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध उनले भुपु विद्यार्थी मञ्च छोरेपाटन माबिको गतिविधिलाई पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका मञ्चका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
प्रतिक्रिया दिनुहोस