बसुन्धरा पार्कमा आज हुने खुल्ला पुरुष भलिबलमा १० टिम बीच प्रतिस्पर्धा
305 Views
पोखरा । पोखरा महानगर भलिबल संघको आयोजनामा आज देखि ३ दिन सम्म संचालन हुने पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० मा १० टिम बीच प्रतिस्पर्धा हुने भएको छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) को आयोजनामा भइरहेको २५ औं सडक महोत्सवको अबसरमा बसुन्धरा पार्कमा हुने प्रतियोगितामा गलकोट भलिबल क्लब, निसिखोला भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टाइगर्स गोर्खा क्लब र शुक्ला गण्डकी नगरपालिका रहेका छन् ।
आज उद्घाटनको दिन १० बजे पोखरा महानगरपालिका निलो र गुरुकुल माबी, १२:१५ बजे बसुन्धरा पार्क क्लब र सिद्धार्थ लभडेल माबी र २:१५ बजे शुक्ला गण्डकी नगरपालिका र टाइगर्स गोर्खा क्लब बीच प्रतिस्पर्धा हुने आयोजक पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष राम लामिछानेले बताए ।
प्रतियोगिताको प्रायोजकमा पोखरा महानगरपालिका कार्यालय वडा नं ६ र कास्की पोखरा समाज जापान, सहप्रायोजकमा सुबिन गुरुङ (सिङ्गापुरे लाहुरे) र सन्दिप गुरुङ (बृटिस लाहुरे ) रहेकोे छ भने प्रबर्द्धकमा पोखरा महानगरपालिका कार्यलय, समन्वयमा पोखरा महानगपालिका र बिशेष सहयोग रेबान रहेका छन् ।





प्रतिक्रिया दिनुहोस