युआरएलमा फेदिखोला समाजका सदस्यलाई छुट
456 Views
पोखरा । सदस्यको स्वास्थ प्रति विभिन्न स्वास्थ संस्थाहरुसंग सम्झौता गर्दै आएको बृहत फेदीखोला पोखरा सम्पर्क समाजले युआरएलसंग पनि सम्झौता गरेको छ ।
आफ्ना संस्थामा आबद्ध साधरण तथा आजिवन सदस्यहरुलाइ पोखरा बिरौटा शाखामा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL)मा स्वास्थ्य एव रक्त परीक्षणमा बिशेष छुट हुने भएको छ ।
युआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्तले युआरएलले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउदै फेदिखोला समाजका सदस्यहरुलाई पनि छुट सुबिधा लिइ लाभान्वित हुनको आग्रह गरेका थिए ।
सो अबसरमा संस्थाका कार्यक्रम संयोजक बिजय पौडेलले उक्त छुटको ब्यबस्था गरिदिन महत्त्वपूर्ण भुमिका खेल्नु हुने युआर एल बिरौटा शाखा प्रमुख शशिधर पौडेललाई आभार व्यक्त गरेका थिए ।
बृहत फेदिखोला पोखरा सम्पर्क समाजले हालै मात्रै मनिपाल अस्पताल संग छुट सम्बन्धि सम्झौता गरेको थियो । उक्त सम्झौता एक बर्ष सम्मको रहेको समाजका अध्यक्ष जगदीश लामिछानेले बताए ।





प्रतिक्रिया दिनुहोस