२५ औं सडक महोत्सवमा मिस तामाङ पोखरा २०२४ का नयां युवतीहरुको सहभागी
514 Views
कास्की,१२ पौष । गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाईडमा २५ औं पोखरा सडक महोत्सव पौष १२ गते बिहीबारदेखि सुरु भएको छ ।
पुस १६ गतेसम्म चल्ने उक्त महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे का थिए।
प्रमुख आचार्यले एक महिना भित्र पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने दाबी गरेका छन्। प्रमुख आचार्यले सडक महोत्सवले पोखराको थप पहिचान दिन मद्दत मिलेको बताए । उनले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह गरे समेत गरेका छन् ।
रेवान पोखराका संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङले युरोपका विभिन्न गल्लीमा यस्तै खालका मेला र महोत्सव हुने गरेकोमा पोखरामा सडक महोत्सवको अवधारणा अगाडि बढाएको स्मरण गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गुणस्तरीय पर्यटक भित्राउन जोड दिए ।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ आयोजित २५ औं सडक महोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
उक्त सडक महोत्सवमा मिस तामाङ पोखरा २०२४ का नयां पार्टीसिपियटहरुको उपस्थिति रहेको थियो । मिस तामाङ पोखरा बैदाम तामाङ सेवा समाजले आयोजना गरेको हो । समाजको अध्यक्ष ज्याक तामाङ मिस तामाङ पोखरा आयोजनाका परिकल्पनाकार हुन्। उनले तामाङ समुदायको छोरीचेलीहरुको नेतृत्व विकासको लागि र तामाङ सांस्कृतिक, भेषभुषालाई जोगाई राख्नका निम्ति नयां पिडिहरुलाई तामाङ जातिको पुस्ताहस्तान्त्रण गराउंनका निमित्त उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ । महोत्सवको र्यालीमा तामाङ भेषभुषामा सजिएका ताम्बा समुहले टुङ्ना र डम्फु बजाउंदै सांस्कृति झल्काईएका थिए ।
आयोजक रेवान पोखराले अहिलेको महोत्सवलाई फेवाताल किनार लेकसाइडमा पुस १२ देखि १६ सम्म विविध कार्यक्रम गरी रजत महोत्सवको रुपमा मनाउँदै आएको छ । महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, भेषभूषा झल्किने झाँकी प्रस्तुति मुख्य आकर्षणको केन्द्र रह्यो । हल्लनचोकदेखि सुरु भएको र्यालीमा विभिन्न जातजातिका मानिसहरु आफ्नो जातीय पोशाकमा सजिएका थिए । पञ्चेबाजा, भजन, नाचगानसहित र्याली महोत्सवस्थल ३ किमी दुरी पार गर्दै कोमागाने पार्कमा आयोजित उद्घाटन समारोहमा परिणत भएको हो ।
महोत्सवमा सहभागि झाँकीहरु मध्यबाट पुन समाज पोखरा प्रथम भएको छ । समाजले नगद पचास हजार प्राप्त गर्यो । त्यसैगरी, चिउली पार्चे तमु समूह दोश्रो हुँदा रूकुम पूर्वको मयूर डान्सको समुह तेश्रो भएको छ भने देविस्थान भजन समूह हेमजा र बाम्दीको गुम्बाको समुहले शान्त्वना स्थान हाँसिल गरेको छ । त्यसैगरी आमा समूहहरु बीचको र्याली प्रतियोगितामा बंगलादी आमा समुह प्रथम भएको छ ।
त्यस्तै, अन्नपूर्ण आमा समुह दोश्रो र नमुना आमा समुह तेश्रो भएको महोत्सवका साँस्कृतिक संयोजक एवं पूर्व अध्यक्ष चौबहादुर गुरूङले बताए । सुरू देखि अन्त्यसम्म सहभागि, भेषभुषा, सिँगार लगायतका आधारमा विजेता घोषणा गरिएको निर्णायक संयोजक प्रजापती पराजुलीले बताए । उनका अनुसार ५४ समुहको झाँकी सहित र्यालीमा सहभागिता रहेको थियो।





प्रतिक्रिया दिनुहोस