बाल कचहरी कार्यक्रम सम्पन्न
709 Views
पोखरा । बालबालिकासँग गाउँपालिका अन्तरक्रियात्मक छलफल (बाल कचहरी) कार्यक्रम सम्पन्न भएको छ ।
माछापुच्छ«े गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालद्वारा आयाजित कार्यक्रमका यसै पालिका अन्तर्गतका ८ माध्यमिक विद्यालयका ३७ विद्यार्थीहरुको सहभागितामा पालिकाको सभा हलमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा बालबालिकाका सबालहरुका विषयमा सहभागी विद्यार्थीहरुले आ आफ्ना प्रश्न तथा जिज्ञासाहरु राख्दै श्री माछापुच्छ«े मा.वि.का विद्यार्थी आषिश बास्तोलाले यस पालिकामा बढ्दै गरेको पर्यटन व्यवसाय अन्तर्गत स्थापित होमस्टेमा बेलुका १० बजे सम्म साँगितिक माहोलमा रमाइलो गर्न पाउने तर यसले विद्यार्थीहरुमा पर्न गएको अवरोधका विषयमा पालिका उदासिन भएको हुँदा यसको समाधानका लागि के व्यवस्थापन गर्न सकिन्छ भनी प्रश्न गरेका थिए ।
त्यसै गरी जीवनेपयोगी सिप, शिक्षकहरुको स्थानान्तरणको क्रमले दैनिक पठन पाठनमा आएको समस्या, शिक्षकहरुको विद्यालयमा अपनाउनु पर्ने न्युनतम आचार सहिंता, कक्षाकोठामा चुरोट रक्सी सेवन गरी अध्यापन गराइने, शारीरिक तथा मानसिक सजायको सिकार हुनु परेको, भौगोलिक विकटका कारण यातायातको व्यवस्थापन, बालक्लवको क्षमता अभिवृद्धि तालिम, विद्यालयमा खेलकूद सामग्री तथा खेल मैदानको असहजता, अनिवार्य तथा निशुल्क भनिएको सामुदायिक विद्यालयमा विभिन्न शिर्षकमा शुल्क तिर्नु पर्ने वाध्यता जस्ता सवालहरु उठान भएको थियो ।
कार्यक्रममा आएको प्रश्नहरुलाई यसै पालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ९ का अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र), शिक्षा प्रमुख सम्झना पोखरेल र बाल कल्याण अधिकारी ज्योति पौडेलले संयुक्त रुपमा पालिकाले संचालन गरेका गतिविधिहरुका बारेका जानकारी दिदैं उठेका सवालहरुको सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजिकरण राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले गरेका थिए ।
यस अघि २४ मंसिर २०८० मा अन्नपूर्ण गाउँपालिकामा पनि यहि कार्यक्रम सम्पन्न भएको जानकारी नौलो घुम्ती नेपालका परियोजना अधिकृत महेश विश्वकर्मा ले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस