आठौ संस्करणको “मिस तामाङ पोखरा २०२४” को तालिम सुरु
123 Views
बैदाम तामाङ सेवा समाज द्वारा “मिस तामाङ पोखरा २०२४” को आठौ संस्करणको तालिम उत्घाटन मिस तामाङ पोखराको लोगो भएको केक काटेर सुरु भएको छ ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष मिस तामाङ पोखराका परिकल्पनाकार ज्याक तामाङको सभाध्यक्षतामा मिस तामाङ पोखरा २०२४ को सहभागीहरुको अभिभावक सहित ओरियन्टेसन (प्रशिक्षण कक्षा) सुरुवातको उद्घघाटन गरिएको हो ।
उक्त उद्घघाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दिपक वाईबा रहेका थिए । कार्यक्रममा मिस तामाङ पोखराका बिजेता बहिनीहरु, सभाध्यक्ष, प्रमुख अतिथि संलग्न भई केक काटेर मिस तामाङ पोखरा २०२४ को ओरियन्टेसन कार्यक्रमको उद्घघाटन गरिएको हो।
कार्यक्रमको विशिष्ट अतिथि पोख्रेली युवा सांस्कृतिका अध्यक्ष,अदिवक्ता उपेन्द्र यादव प्रमुख प्रशिक्षण रहेका थिए । उहांले मिस तामाङ पोखरा २०२४ का नयां सहभागी बहिनीहरुको लागि १ घण्टा प्रशिक्षण कक्षा सञ्चान गर्नुभएका थिए ।
त्यसैगरि विशिष्ट अतिथि जेसिसका पूर्व उपाध्यक्ष, राजु के.सि. ले अहिले सम्मका ब्युउटी प्याजेन्ट्हरुको अनुभवहरु सेयरिङ गर्नुभयो ।
उक्त कार्यक्रममा मिस तामाङ पोखरा आयोजना गरिएको सुरुवातदेखि अहिले सम्म निरन्तर सहयोग गर्दै आउनुभएका अन्नपुर्ण एफ एम का स्टेशन म्यानेजर सन्जय मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सोहि कार्यक्रमको विशेष अतिथि नेपाल तामाङ घेदुङ कास्की जिल्ला समन्वय समितिका अध्यक्ष भक्त बहादुर तामाङ र नेपाल तामाङ घेदुङ पोखरा महानगर सिमितिका अध्यक्ष राम बहादुर ब्लोन (शिवु) तामाङले पनि शुभकामना दिएका थिए ।
उक्त ओरियन्टेसन कार्यक्रम उद्दघाटनको स्वागत मन्तव्य मिस तामाङ पोखराका बिजेता रोश्मा तामाङले दिएका थिए भने मिस तामाङ पोखरामा सहभागी भईसकेका जिना तामाङले मिस तामाङमा भाग लिदाको फाइदा र आफुमा भएको परिवर्तन अनुभव बारे प्रकाशन पारेकी थिईन् ।
कार्यक्रमका प्रमुख अतिथि दिपक वाईबाले तामाङ जातिको हाड नाता भित्र विवाह नचल्ने र स्वगे भाईको महत्वबारे प्रस्टाएका थिए । सोहि कार्यक्रमका सभाध्यक्ष बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्यक(गौ बहादुर) तामाङले कार्यक्रमको अन्तिम मन्तव्य राख्दै भन्नुभयो” सुरुमा मिस तामाङ पोखरा आयोजना गर्दा घरघरमै नानीहरुलाई लिन जानुपर्यो, नानीहरुको बुबाआमालाई सम्झाईबुझाई गरि नानीहरुलाई मिस तामाङमा भाग लिन लगाए त्यसपछिका वर्षहरुमा भने घरघरमा जान परेन” अहिले मिस तामाङ पोखरा भन्न साथ सबैले जानकारी भईसकेको हुंदा हामीलाई कार्यक्रम आयोजना गर्न सहज भएको जानकारी दिदै यसरी सुरु गरिएको मिस तामाङ पोखरा २०२४ अहिले आठौं संस्करणमा प्रवेश गरेको बताउनुभई कार्यक्रम समापन घोषणा गर्नुभयो ।
उक्त कार्यक्रम खोज मिडियाका कार्यक्रम प्रश्तोता, पत्रकार रजनी स्याङ्बो तामाङलो सञ्चालन गरेकी थिईन् ।
यो वर्षको सहभागीहरु मिस तामाङः-
मनिका लामा तामाङ
रिमाया तामाङ
दिक्षा लामा
सुनामी तामाङ
जमुना तामाङ
टिसिरिङ माया तामाङ
अर्पना तामाङ
रोशीला तामाङ
याङजी लामा
बर्सा लामा तामाङ
प्रतिक्रिया दिनुहोस