बालोदयमा आँखा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न
333 Views
पोखरा १७, बिरौटामा अवस्थित बालोदय माध्यमिक विद्यालयमा आँखा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
इन्टरएक्ट क्लब अफ बालोदयको आयोजना, विद्यालयको व्यवस्थापन तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रममा नर्सरी देखि कक्षा १२ सम्मका करीब एक हजार ३ सय विद्यार्थी लगायत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको आँखा जाँच गरिएको छ ।
जाँचका क्रममा आँखामा समस्या देखिएका विद्यार्थीहरुलाई थप जाँच तथा उपचारका लागि अस्पतालमा सिफारिस गरिएको जानकारी विद्यालयका सहकृयाकलाप प्रमुख ईश्वर ढकालले गराए।
उक्त कार्यक्रममा हिमालय आँखा अस्पतालका आउटरिच कोअर्डिनटर सुवास नेपालले आाँखाको दृस्टीलाई मजबुत बनाई कसरी लामो समयसम्म टिकाउन सकिन्छ र यसका लागि सावधानीका के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्नेबारे विद्यार्थीहरुलाइ सचेत गराएका थिए।
विद्यालयको इन्टरएक्ट क्लबका पदाधिकारी विद्यार्थीहरूको सक्रियतामा संचालित सो कार्यक्रम पौष ५ र ६ गते गरी दुई दिनसम्म चलेको थियो ।





प्रतिक्रिया दिनुहोस