वागेश्वरी मन्दिरमा अखण्ड कृतन तथा सद्विज छर्ने कार्यक्रम हुने
160 Views
पोखरा । पोखरा महानगरपालिका वडा नंं १८ पँदेलीमा रहेको धार्मिक ऐतिहासिक स्थल वागेश्वरी मन्दिर परिसर पँदेली डिलमा यस वर्ष बाला चर्तुदशीको अवसरमा अखण्ड कृतन तथा सद्विज छर्ने कार्यक्रम गरिने भएको छ ।
सप्तऋषि संरक्षण समिति पोखरा १८ सराङ्कोट पँदेलीको व्यवस्थापन, ढकालथर टोलविकास संस्था, पँदेली छापथोक टोलविकास संस्था, सौदाको चौतारा टोलविकास संस्थाको सहकार्यमा मंसीर २४ दिउँसो २ वजेदेखि अखण्ड कृतन र २५ गते विहान ७ वजेदेखि बालाचतुर्दशी सद्विज छर्ने कार्यक्रम हुने समितिका अध्यक्ष एक बहादुर ढकालले वताए ।
प्रतिक्रिया दिनुहोस