आठ दिने विश्व शान्ति पूजा भव्यताका साथ पोखरामा सम्पन्न
449 Views
पेमा धेछेनलिङ गुम्बाको आठ दिने विश्व शान्ति पूजा भव्यताका साथ सम्पन्न भएको छ ।
बैदाम तामाङ सेवा समाजले आयोजना गरिएको आठ दिने प्रज्ञा पारामिता त्रिपिटक कंग्युर पाठ मंसिर ९ गते सम्पन्न भएको हो । उक्त पूजा मंसिर २ गतेबाट सुरुवात भएको थियो । मंसिर २ गते १०८ जना धर्म गुरु लामाहरुको उपस्थितिमा पूजा पाठ सुरु भएता पनि ९ गते सम्म १८० जना धर्म गुरु लामाहरुको उपस्थित रहेका थिए ।
लामा गुरुहरु खोटाङ, भोजपुर, ईटहरि, धरान, लम्जुङ, काठ्माण्डौं, चितवन, तनहुं, कास्की सम्पुर्ण जिल्ला भरिका लामा गुरुहरु र आनि लामाहरुको बाग्लो उपस्थिति रहेको थियो । पूजाको अन्तिम दिनमा चार वटा अत्तिनै हामी सबैलाई चाहिने अभिषेक वाङ रेम्पोछे द्वारा प्रदान गर्नुभयो । कोन्च्युचिन्दु, ह्सिठो, देछेन ह्सिन्दुप , थुचेछेन्बोको वाङ अभिषेक भएका थिए । लामा गुरुहरुले बिहान ६ बजेबाट वाङको पाठ बाचन गरि बेलुकी ६ बजेबाट वाङ अभिषेक सुरु गरिएको थियो ।
विशेष वाङ अभिशेक गराउनका लागि काठ्माण्डौंबाट पाल्नुभएका प्रमुख धर्म गुरु ङिमा साङपो आठौं ज्याल्सा रेन्पोर्छे द्वारा वाङ अभिशेक गराउनुभएको थियो । सोहि पूजामा ६ वर्षिय टुल्कु साङगे दोर्जे योञ्जन तामाङ द्वारा पनि आशिर्वाद लिने भक्तजनहरुको ठुलो भिड रहेका थिए ।
पूजाको अन्तिम दिनमा लामा गुरुहरुलाई प्रमाण पत्र सहित भव्यताका साथ बिदाई गराईएको थियो । बैदाम तामाङ सेना समाजद्वारा गरिएको उक्त बृहत पवित्र पूजामा कास्की जिल्ला भित्रका विभिन्न सघंसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । त्यस्तै बुद्ध धर्म प्रति आस्था बोकेका महानुभावहरुले पनि आफुले सकेको आर्थिक सहयोग गरिएको छ । कार्यक्रममा सहभागि भई भौकिक, नैतिक, आर्थिक सबै रुपले सहयोग गर्नुहुने सहयोगी दाताहरु र लामा गुरुहरुलाई आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।
यो पूजा आयोजना गर्नका निमित्त पेमा धेछेनलिङ गुम्बाका लामा प्रमुख पाल्देन तामाङ योन्जनको ठुलो भुमिका रहेको विश्व शान्ति पूजाका आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस