पेमा धेछेनलिङ गुम्बामा वाङ अभिषेक सुरु
543 Views
कास्की, ७ मंसिर। पेमा धेछेनलिङ गुम्बामा आजबाट धर्म गुरु ङिमा साङपो रेन्पोर्छेद्वारा वाङ अभिषेक सुरु भएको छ ।
आठ दिने विश्व शान्ति पूजाको आज छैटौं दिनमा रेन्पोर्छे द्वारा भगवान बुद्ध पद्म सम्बधको वाङ अभिषेक गरियो । वाङ अभिषेक गर्नका लागि भक्तजनहरुको बाग्लो उपस्थित रहेका थिए।
वाङ अभिषेक रेन्पोर्छे स्वयम आफैं भक्तजनहरुको यथास्थानमा पुगि वाङ प्रदान गरिएका थिए । दिउंसो ३ बजेबाट सुरु भएको वाङ अभिषेक बेलुकी ५ बजे समाप्त भएका थिए ।
त्यसैगरि भेलि बिहान ७ बजेबाट दैनिकि पूजापाठ कार्य हुने र दिउंसो २ बजेबाट वाङ अभिषेक गराईने भएको छ ।
प्रतिक्रिया दिनुहोस