रेन्पोर्छे, टुल्कु,लामाहरुको टोलि सराङकोट पुगि हिमालको अवलोकन
529 Views
कास्की, ७ मंसिर। विश्व शान्ति पूजामा आगमन हुनुभएका धर्म गुरु ङिमा साङ्पो रेन्पोर्छे आज बिहान ४ बजे पोखराको अन्नपूर्ण केवलकारमा प्रस्थान गरि सराङकोटको भ्युटावर परिक्रमा गर्नुभएको छ ।
बैदाम तामाङ सेवा समाजको अध्यक्ष ज्याक तामाङको संयोजक्त्वमा धर्म गुरु ङिमा साङ्पो आठौं ज्याल्सा रेनपोर्छेको टोलि सराङकोटको भ्युटावर परिक्रमा गरि फर्किएका छन् ।
भ्युटावर घुम्न र सराङकोटबाट देखिने हिमालको द्रृश्य अवलोकन गर्नका लागि रेन्पोर्छे सगैं टुल्कु र १२० जना लामाहरुको समुह, झिन्जाहरु गरि लगभग १६० जनाको समुह अन्नपूर्ण केवलकार चढि सराङकोट डांडांको भ्यूटावर अवलोकन पछि पेमा धेछेनलिङ गुम्बामा फर्किएको हो ।
बिहान ५ बजे सराङकोट पुगि रेन्पोर्छेद्वारा छोर्तेनको राप्ने गरि दर्शन गरेका थिए । त्यसपश्चात रेन्पोर्छे र टुल्कु पैदल यात्रा गरि भ्यूटावरबाट हिमालको अवलोकन गरि फर्किएका थिए ।
बिहान ७ बजे सराङकोटबाट गुम्बामा फर्किएर पूजापाठ वाचन सुरु गरिएको छ । आज मंसिर ७ गतेबाट उक्त गुम्बामा वाङ अभिशेक हुने आयोजकले जनाएको छ स
प्रतिक्रिया दिनुहोस