पेमा धेछेनलिङ गुम्बामा रेनपोर्छेको आगमन, गुम्बाको कु रापने आज सम्पन्न
320 Views
कास्की, ६ मङ्सिर । पेमा धेछेनलिङ गुम्बामा धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छे र ६ वर्षिय टुल्कु(पुनर्जन्म)बालक को आगमन भएको छ ।
मङ्सिर २ गते बाट सुरु भएको विश्व शान्ति पूजामा आज मंसिर ६ गते धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छे द्वारा गुम्बाको कु रापने(प्राण प्रचिसठा) र मानि खोर्लोको रापने गरियो ।
८ दिने प्रज्ञा पारामिता त्रिपिटक कंग्युर पाठ, विश्व शान्ति पूजाको आज पाचौं दिनमा धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छेको आगामन भएको हो । रेनपोर्छेलाई गुम्बामा प्रस्थान हुने समयमा १५० जना लामा गुरुहरु लगायत श्रद्धालु भक्तजनहरुको बाग्लो उपस्थितिमा फूल र खादाले स्वागत सम्मान गरिएको थियो ।
रेनपोर्छे र टुल्कुलाई गुम्बामा प्रस्थान हुने गेटदेखिनै लाम्बद्द भई लामाको बाजागाजा सहित गुम्बा परिसरमा बिहान १० बजेको समयमा आगमन भएको हो । त्यसपछि भक्तजनहरुले रेनपोर्छेको दर्शन गरि विश्व शान्ति पूजाको पाठ वाचन गरिएका थिए ।
विश्व शान्ति पूजाको पाठ वाचन पछि गुम्बाको कु रापने र मानि खोर्लोको रापने गरि तिन पटक सम्म रेनपोर्छे र टुल्कु स्वयम आफैं गुम्बा र मानि खोर्लोको परिक्रमा गरि रापने कार्य सम्पन्न गरियो ।
रेनपोर्छेको हातबाट ६० वर्ष पुगेका २१ जना वृद्धवृद्धा बुबाआमाहरुले स्व. घेवा(पुण्य कार्य) गरिका छन् । उक्त पुण्य कार्य गरेका २१ जना बुबाआमाहरुलाई बैदाम तामाङ सेवा समाजले प्रमाण पत्र वितरण गरियो । त्यसै गरि लामा गुरु लगायत ईच्छुक भक्तजनहरु गरि ६० जनाले टप्चे गरिएको छ । जसमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले पनि टप्चे गरेका छन् । टप्चे गरिसकेपछि कुनैपनि जीवजन्तु, पशुपंछीहरुको प्राण हत्या गर्न नहुने, माछा मासु नखाने, अरुलाई रुखो बोलि वचन नदिने, अरुको निन्दा-डाहा नगर्ने, अरुलाई गालिगलौच, श्राप नदिने भनि धर्मको पालना गर्नको निमित्त टाउकाको कपालको सानो टुक्रा दान गरि धर्मको पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी मङ्सिर ७ गते बिहान ५ बजे सराङकोटको केवलकारमा रेनपोर्छेको टोलीलाई परिक्रमा गराई हिमालको दृश्य अवलोकन गराई गुम्बामा प्रस्थान हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस