धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छे पोखरामा
870 Views
कास्की, ५ मङ्सिर । पोखराको लेकसाईड खहरे स्थित पेमा धेछेनलिङ गुम्बाको कु रापने को लागि धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छे पोखरामा आगमन हुनुभएको छ ।

बैदाम तामाङ सेवा समाजले आयोजना गरि मङ्सिर २ गते बाट सुरु भएको विश्व शान्ति पूजामा हरेक दिन विभिन्न किसिमका छुट्टाछुट्टै पूजाहरु हुने गर्दछ । जुन पूजाहरु हरेक दिनको विशेष रहेको छ ।

विशेष गरि गुम्बाको कु रापने, प्रज्ञा पारामिता त्रिपिटक, कंग्युर पाठ , ग्रह शान्ति, लामा छ्याम जस्ता पवित्र पूजा पाठको वाचन सहित धर्म लामा गुरुहरु बाट प्रवचन हुने गर्दछ ।
सोहि गुम्बाको कु रापनेको लागि धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छे पोखरामा आउनु भएको हो । त्यसैले मङ्सिर ६ गतेबाट उक्त गुम्बामा थप विशेष पूजा पाठ हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताउनु भयो । धर्म गुरु रेन्पोर्छे दिउँसो ४ बजे पोखरा अन्तरास्ट्रिय विमान स्थलमा आईपुग्ने भनिएता पनि विमानकै कारण तोकिएको समयमा प्रस्थान हुन सकेनन् । पोखराको अन्तराष्ट्रिय विमान स्स्थलमा बेलुकी ६ बजेको समयमा उहाँको आगमन भएको हो ।

धर्म गुरु रेन्पोर्छेको स्वागतको लागि बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, ने. ता. घे. पोखरा महानगरका अध्यक्ष राम बहादुर ब्लोन (शिवु) , पेमा धेछेनलिङ गुम्बाका प्रमुख लामा पाल्देन तामाङ योञ्जन, जम्बोलिङ ईकाई समितिका महिला दिदीबहिनीहरुको उपस्थितिमा धर्म गुरु रेन्पोर्छेको टोलीलाई खादा र फूलले सम्मान गरि अन्तराष्ट्रिय विमान स्थलको प्राङगण स्वागत गरिएको हो ।
मङ्सिर ६ गते बिहानको समयमा धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छे पेमा धेछेनलिङ गुम्बामा प्रस्थान हुनेछ ।मङ्सिर ६ गते देखि विशेष पूजाको साथसाथै प्रवचन र वाङ अभिषेक हुने आयोजकले जनाएको छ । विशेष गरि धर्म गुरु ङिमा साङपो आठौँ ज्याल्सा रेन्पोर्छे द्वारा गुम्बाको कु रापने, प्रज्ञा पारामिता त्रिपिटक, कंग्युर पाठ , वाङ अभिषेक रहने छ ।






प्रतिक्रिया दिनुहोस