गुम्बाको कु राप्ने छ्याम लामा गुरुहरुबाट विभिन्न थरिको धार्मिक नृत्य
50 Views

काल्की ४ मंसिर । बैदाम तामाङ सेवा समाजको पेमा धेछेनलिङ गुम्बामा विश्व शान्ति मंगल (रिवासाङ) पूजा मंसिर ४ गते तेस्रो दिनको सम्पन्न भएको छ ।
पेमा धेछेनलिङ गुम्बामा मंसिर ४ गते बिहान ७ बजेबाट सुरु भएको डोल्मा (तारा) याङ धनन्जय पूजा (छोग मार्मे डोवा मोलम) पितृ मोक्ष नैवेद अर्पण दिप प्रज्वलन पूजा बेलुकी ६ बजे समाप्त भएको छ ।
त्यसैगरी सोहि गुम्बामा सहयोग गर्नुहुने र गुम्बाको प्राङ्गणमा उपस्थित सहयोगी दाताहरुलाई सम्मान गरि प्रशंसा पत्र बितरण गरिएको थियो ।
सोहि स्थलमा (प्रवचन सहित गुम्बा कु राप्ने छ्याम) लामा गुरुहरुबाट विभिन्न थरिको धार्मिक नृत्य,धर्म पाल गुण चक्र पूजा सम्पन्न गरियो ।
यसरी मंसिर ५ गते बिहान ७ बजेबाट प्रत्यक दिनको पूजा पुनः सुरुवात हुनेछ ।
प्रतिक्रिया दिनुहोस