बैदाम तामाङ सेवा समाजको आयोजनामा धर्म गुरु लामाहरुको शान्ति पद यात्रा सम्पन्न
94 Views

कास्की, १ मंसिर। बैदाम तामाङ सेवा समाजद्वारा आयोजित पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रचिष्ठा) कार्यक्रमको लागि आज धर्म गुरु लामाहरुको शान्ति पद यात्रा सम्पन्न भएको छ ।
पोखरा लेकसाईड डिहिकोपाटनबाट जरेबर , ठाडो पसल हुंदै सहिद चोक निस्किएर लेकसाईड परिक्रमा गर्दै स्ट्रिट नं. २० मा अवस्थित पेमा धेछेनलिङगुम्बामा पुगि समापन गरिएको हो ।
शुक्रबार दिउंसो ३ बजेको समयमा डिहिगो पाटनबाट सुरु गरिएको र्यालीमी बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ र नेपाल लामा घेदुङकाकेन्द्रीय अध्यक्ष पाल्देन लामा योन्जनको संयोजत्वमा उक्त र्याली सम्पन्न गरिएको हो ।
र्यालीमा बैदाम तामाङ सेवा समाजका सदस्य लगायत आमा समुहका महिला दिदीबहिनी तथा दाजु भाईहरुको बाग्लो उपस्थित रहेको थियो । र्यालीमाबौद्ध घर्मवलम्भी अन्तर्गतका बुम अर्थात छ्योए किताप टाउकोमा राखी पैदल यात्रा गर्दा सबै पाप पखालिने र दुःख कस्ठ नास भई सुखि जिवन प्राप्त हुने, पितृआत्माले शान्ति मिल्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
यसरी शान्ति पद यात्रा सम्पन्न भएको छ । यसैगरि मंसिर दुई गते बिहान १० बजे देखि पुन शान्ति पद यात्रा लेकसाईड हलनचोकबाट सुरु गरि गुम्बापरिसरमा पुगि शान्ति पद यात्रा सम्पन्न हुनेछ , भने गण्डकी प्रदेशको मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेद्वारा व्यानर उद्घघाटन गरि बृहत पवित्र पूजाको सुरुवातहुनेछ ।
प्रतिक्रिया दिनुहोस