पोखरा सेन्ट्रल गार्डेनद्वारा संस्कृत माबिमा अक्षयकोष स्थापना
31 Views

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ भिमकाली पाटनमा रहेकोे संस्कृत माध्यमिक विद्यालयमा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेन द्वारा १३ हजारको अक्षयकोष स्थापना गरी बिद्यालयको आजिवन सदस्य बनेको छ ।
विद्यालयमा अध्ययनरत आबासिय विद्यार्थीको खाना तथा खाजाको निशुल्क ब्यबस्थापन गर्न विद्यालयले अक्षयकोष स्थापनाको अभियानमा रहेको विद्यालयका बिब्यस अध्यक्ष तथा गुरुकुल संयोजक बिष्णु प्रसाद अधिकारीले बताए ।
एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको अभियानमा हालसम्म पचास करोड संकलन भइ सकेको प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले बताउँछन् ।
क्लबका प्रथम उपाध्यक्ष सुजित कुमार बिजुक्छेको जन्मोत्सवको अबसरमा अक्षयकोषमा १० हजार र अन्य सदस्य बाट ३ हजार थप गरि १३ हजारको अक्षयकोष स्थापना गरिएको क्लबका अध्यक्ष तुल बहादुर रानाभाटले बताए । साथै उनले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितको लागि लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट के मार्फत प्रधानमन्त्री राहतकोषमा पठाइएको बताए ।
सो अबसरमा माध्यमिक तह संयोजक तथा सूचना अधिकारी श्रीकान्त सापकोटाले स्वागत मन्तव्य दिदै संस्कृत विद्यालयमा नेपालभरका विभिन्न जिल्लाका आध्यात्मिक र भौतिक शिक्षालाई संगसगै अगाडी बढिरहेको बताए ।
विद्यार्थीहरुद्वारा स्वस्ती बाचन सहित सुरु भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हरि बहादुर रानाभाट, पुर्व अध्यक्ष कृष्ण बहादुर रानाभाट र प्रथम उपाध्यक्ष सुजित कुमार बिजुक्छेले लायन्स क्लबले शिक्षा स्वास्थ्य र बाताबरण संरक्षणका कामका साथै सामाजिक काम गर्दै आएको बताए ।
यस अगाडि उक्त बिद्यालयमा पुर्व अध्यक्ष कृष्ण बहादुर रानाभाट, सुब्बा घिमिरे लगाएतको जन्मोत्सवका अबसरमा ३ पटकसम्म भोजनदान कार्यक्रम गरिसकेको थियोे ।
प्रतिक्रिया दिनुहोस