एफसीद्धारा वोहराको उपचारार्थ नगद सहयोग
352 Views
पोखरा । एट टु नाईन एफसी पोखराले अन्डर १५ फुटबल खेलकी उदयीमान राष्ट्रिय खेलाडी एशोदा वोहरालाई बुधबार एक लाख नगद सहयोग गरेको छ ।
क्लबले सेभेन ए साईड फुटबल प्रतियोगिता गरी वचत भएको उक्त रकम गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले घाइते खेलाडी एशोदाका काका जितेन्द्र बहादुर वोहरालाई पोखरामा नगद हस्तान्तरण गर्नुभएको छ ।
माननीय मन्त्री शुशिला सिम्खडाले दुख परेको बेलामा आबश्यक सहयोग गर्नु नै मानव सेवा भएको वताउँदै युवाहरुले खेलकुदको बिकासमा लाग्नु भएकोमा धन्यवाद दिनु भएको थियो ।
पोखरामा वन्द प्रशिक्षणमा रहेको वेला वोहरालाई स्पाइनल कर्ड सम्बन्धि समस्या भएको थियो । क्लबले असोज १७ देखि २२ गतेसम्म सेभेन ए साईड फ्ुटबल प्रतियोगिता गरी वचत रहेको रकम वोहरालाई प्रदान गरिएको क्लबका उपाध्यक्ष धनराज तामाङले वताए ।
सो अवसरमा क्लबका सचिव नवराज गुरुङले संचालन गरेको कार्यक्रममा क्लबका अध्यक्ष राजेश गुरुङ, रकम संकलनमा सक्रिय सुजु रानाभाट, सरस्वती आधारभूत बिद्यालयका प्रधानाध्यापक रुद्रबहादुर रानाभाट, मन्त्रालयका सचिव र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस