पेमा ‘धेछेनलिङ गुम्बा’मा विश्व शान्ति पूजा कंग्युर पाठको भव्य तयारी हुँदै
819 Views
कास्की, १८ कात्तिक । गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरामा अवस्थित बैदाम तामाङ सेवा समाजद्वारा आयोजित पेमा धेछेनलिङ गुम्बा राप्ने तथा प्राण प्रचिष्ठा पारामिता त्रिपिटक (कङ्ग्युर) पाठ वाचन एवमं विश्व शान्ति पुजाको तयारी भईरहेको छ ।
नेपाल अधिराज्यभरीका छुट्टाछुट्टै जिल्लाहरुबाट पोखरामा थाई अथवा स्थाई रुपमा बसोबास गर्दै आउंनुभएका विभिन्न थरका तामाङ जातीहरु आफ्नो धर्म रितिरिवाज र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्य लिएर पोखरा लेकसाइड वरिपरी कर्म थलो बनाइ बसोबास गर्ने तामाङ समुदाय लाई एकता बनाइ वि.स. २०६७ साल चैत्र १५ गते गौ बहादुर तामाङ(ज्याक)को अध्यक्षतामा वैदाम तामाङ सेवा समाज गठन गरिएको हो। यतिबेला बैदाम तामाङ सेवा समाज कास्की जिल्लाकै नमुना समाज बनेको छ । उक्त समाजले तामाङ जातिहरुको धर्म, संस्कृति, परम्परा, भेषभुषालाई पुर्ण रुपमा जोगाईरहेको छ भने तामाङ समुदायको छोरीचेलीहरु भित्र रहेको आफ्नो प्रतिभालाई प्रस्फुटन गरि समाजमा सक्षम भई समाजलाई नेतृत्व गर्न सकोस भन्ने उद्देस्यले हरेक वर्ष सोनाम ल्होछारको अवसर पारि मिस तामाङ पोखरा पनि आयोजना गर्दै आएको छ ।
त्यसैगरी वैदाम तामाङ, सेवा समाजको आफ्नो धर्म , वुद्धको शान्ति र शिक्षा मार्गलाई सुरक्षित गर्ने र पर्यटन क्षेत्रलाई पनि टेवा पुर्याउने उद्देश्यका साथ वि. स.२०६८ साल वैशाख महिनामा २८५४ औं वुद्ध जयन्तीको अवसर पारेर गुम्बा निर्माण स्थलमा पुजा गरी सम्याउने काम शुरु गरिएको थियो । २०६९ साल मंसिर २० गते गुरुपूर्णिमाको दिन धर्मगुरु श्री टुल्कु दुवाङ तेन्जीन रिन्पोर्छेद्वारा गुम्बा निर्माण शुरू गरिएको थियो । गुम्बा निर्माणको लागि भगवान् बुद्धको जन्म स्थल लुम्बिनी र भगवान बुद्धले तपस्या गरी बुद्धत्व प्राप्त गर्नु भएको विभिन्न पवित्र स्थलहरुबाट आवश्यक सामग्री संकलन गरी ८ करोड ८लाख ८ हजार ८ सय ८ वुद्ध मन्त्रको साथमा २८ फिट अग्लो अमिताभ वुद्धको प्रतिमा तयार गरिएको हो ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडान मन्त्रालय बौद्द दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा दर्ता भई सामन्या अनौपचारिक पुजाहरु हुँदै आइरहेको छ ।
यसै क्रममा मंसिर २ गते देखि ९ गते सम्म विश्व शान्ति पूजा कङ्ग्युर पाठ पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रचिष्ठा) गरिने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा गर्न लागेको लेकसाइड खहरे स्थित पेमा धेछेनलिङ गुम्बाको उक्त पूजा कार्यक्रममा धर्म गुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछे को उपस्थिति रहने छ ।
देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म कङ्ग्युर पाठ पूजा चल्नेछ । पूजामा संलग्न भई पाठ वाचन गर्दा मानव जाती र पृथ्वीको सबै प्राणीहरुको कल्याण हुने धार्मिक विश्वास रहेको छ । ८ दिनको पूजामा प्रज्ञा पारामिता र त्रिपिटक कङ्ग्युर पाठ वाचन हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष गौ बहादुर तामाङ (ज्याक) तामाङले बताउनुभयो ।अध्यक्ष ज्याक तामाङले कास्कीमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी लगायत तामाङ समुदायहरुमा साथ सहयोग गरि दिनको लागी आह्वान गर्नुभएको छ ।
औपचारिक कार्यक्रम प्रारम्भ हुने मंसिर २ गते व्यानर उद्घाटन कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन्, भने ताम्बाले डम्फु, टुङ्ना बजाउदै गितले स्वागत गर्ने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस