सिरहा,सखुवानन्कारकट्टी गाउँपालिकामा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यालिका सदस्य आन्दोलित
252 Views
शम्भु चौधरी लहान १५ कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा १७ बुदेँ माग राखि उपाध्यक्ष, वडा अध्यक्ष, कार्यालिका सदस्य र वडा सदस्यहरु नै आन्दोलित भएका छन् ।
नेपालि कांग्रेस र जन्ता समाजवादी नेपालले संयुक्त रुपमा संयुक्त प्रेस विज्ञप्ती जारी गरी सखुवान्नकारकट्टी गाउँपालिकाका कार्यवाहक प्रमुख प्रसाशकिय अधिकृत हरी नारायण चौधरीलाई बुझाएको छ ।
सखुवान्नकारकट्टी गाउँ पालिका उपाध्यक्ष निलम यादव,वडा नं. १ का वडा अध्यक्ष संजय कुमार यादव,वडा नं. २ का वडा अध्यक्ष तनुकलाल यादवद,वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव लगायत कार्यपलिका सदस्य र वडा सदस्य हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
चाड पर्वमा पनि कर्मचारीले तलब नपाएको र तीन महिनाको समाजिक सुरक्षा भत्ता किन र के कति कारणले वितरण हुन नसकेको गत आर्थिक वर्ष ०७९ र ०८० को समपूर्ण हिसाव विवरण कार्यपालिका सदस्यहरुलाई उपलव्ध गराउनु पर्ने, मिति २०८०।३।२५ गते परिषदले गरेको सम्पूर्ण निर्णयहरु खारेज हुनु पर्ने लगायत १७ वुंदे माग सहित विज्ञप्ती पालिका का. वा.अधिकृत चौधरीलाई बुझाएको हो ।
अहिले यो विषयमा आफू केहि न बोल्ने प्रमुख प्रसाशकिय अधिकृत राजीव कुमार झा आएपछी अधिकृत लाई बुभझाउने का।वा अधिकृत चौधरीले बताउनु भयो ।
आफूहरुको माग सम्वोधन न भए कानुनी प्रक्रिया अपनाई कडा आन्दोलन गर्ने २ नं.का वडा अध्यक्ष यादवले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस