मंसिर २ गते देखि ९ गते सम्म विश्व शान्ति पूजा काग्युर पाठमा उपस्थितिको लागि आह्वान
505 Views
पोखरा कार्तिक १२ खोज मिडिया । पोखरामा मंसिर २ गते देखि ९ गते सम्म विश्व शान्ति पूजा काग्युर पाठ पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रचिष्ठा) गरिने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा गर्न लागेको लेकसाइड खहरे स्थित पेमा धेछेनलिङ गुम्बाको उक्त पूजा कार्यक्रममा धर्म गुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ ।
देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म काग्युर पाठ पूजा चल्नेछ । पूजामा संलग्न भई पाठ वाचन गर्दा मानव जाती र पृथ्वीको सबै प्राणीहरुको कल्याण हुने धार्मिक विश्वास रहेको नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष गुम्बाको प्रमुख लामा गुरु पाल्देन लामाले बताए । ८ दिनको पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए । कास्कीमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी लगायत तामाङ समुदायहरुमा साथ सहयोग गरि दिनको लागी आहवान पनि गरेका छन् ।
औपचारिक कार्यक्रम प्रारम्भ हुने मंसिर २ गते व्यानर उत्घाटन सहित ताम्बाले डम्फु, टुङ्ना बजाउदै गितले स्वागत गर्ने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी गराए । उनका अनुसार कार्यक्रमको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।
कार्यक्रमको मूल उद्धेश्य बौद्ध धर्ममा आस्था राख्ने आन्तरिक तथा वाह्य पर्यटक पोखरा भित्र्याउने लक्ष्यका साथ विश्व शान्ति पूजाको आयोजना गरिएको गुम्बा प्रमुख गुरु पाल्देन लामाले बताए ।





प्रतिक्रिया दिनुहोस