छ्योर्तेन गुम्बा र बोधी चैत्य छ्योर्तेनको एक साथ शिलान्यास
622 Views
काभ्रे, १२ कात्तिक। चौरी देउरालीपालिका वडा नम्वर २, नाग्रे गगर्चे बाजखेत स्थित बौद्ध धर्म दिप छ्योर्तेन गुम्बाको शिलान्यास गरिएको छ । उक्त गुम्बाको शनिबार एक कार्यक्रमबीच नेपाल सरकार बागमती प्रदेशका खानेपानी सिचाई तथा उर्जा मन्त्री माननीय तिर्थ लामाले गुम्बा र बोधी चैत्य छ्योर्तेनको एक साथ शिलान्यास गरेका छन्।
छ्योर्तेन गुम्बाको बरिष्ठ उपाध्यक्ष डम्बर बहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा चौरी देउराली गाउंपालिकाको उप प्रमुख सेर बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो । सोहि क्रममा विशेष अतिथि तामाङले चौरी देउरालीको मुख्य सडक हरु कालो पत्र गर्न र नव निर्मित छ्योर्तेन गुम्बा पालिका भरको सांस्कृतिक सम्पाद हुने भएकोले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
यस सालाङ भुमि शुद्धिकरण पुजा कार्यक्रमको प्रमुख श्रद्धेय धर्म गुरु डा• खेम्बो सर्बोजित गोङ्बा तामाङको बाहिल्यमा सालाङ पुजा, बौद्ध दर्शनमा बौद्ध गुम्बा, छ्योर्तेन चैत्य र धर्म दानको महोत्व बारे शब्द रुपि धार्मिक प्रवचन को साथ दर्शन वाङ अभिषेक दिनु भयो ।
कार्यक्रममा विभिन्न राजनीति दलको पालिका समितिका प्रतिनिधि वडा गाउं कमिटिको अध्यक्ष हरु शिक्षक सघं संस्थाको प्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
बौद्ध धर्म दिप छ्योर्तेन गुम्बा समितिको संयोजक टेक राज मोक्तान तामाङले कार्यक्रम सन्चालन गर्ने क्रममा छ्योर्ते गुम्बा र बोधी चैत्य छ्योर्तेनको एक साथ शिलान्यास गरिएको छ । उक्त गुम्बा र छ्योर्तेन निर्माणको लागि स्थानीयले सहयोग गरिने बिश्वास गरेका छन । गुम्बा र छ्योर्तेन निर्माण भए पछि यो गाउंको सौन्दर्य चौरी देउराली को प्रतिष्ठ काभ्रे जिल्लाको एतिहासिक धरोहर तथा धार्मिक आश्थाको केन्द्र बन्ने ब्यक्त गर्नु भयो ।
“बौध्द धर्म दिप छ्योर्तेन गुम्बा” निर्माणको लागि जग्गा दान दिनु हुने जग्गा दानपतिहरु लाई ताम्र पत्रले सम्मान गरिएको थियो ।
श्रध्देय धर्मगुरु खेन्पो सर्वोजित गोङबा तामाङ र कार्यक्रमको प्रमुख अतिथ्यमा नेपाल सरकार बाग्मती प्रदेश खानेपानी सिंचाइ तथा उर्जा मन्त्री माननीय तिर्थ लामा , पालिका उपाध्यक्ष सेर बहादुर लामा, वडा न:२ को अध्यक्ष सुसिल लामा, नि वर्तमान वडा अध्यक्ष दिनेश लामा, ने• क• पा• एमाले गाउ कमिटि सचिव बलराम ढुङकान, स्वास्थ्य कर्मि पम्फा लामा , वडा सदस्य धिरेन लामा , ने• क• पा• माओवादी गाउं इकाइ अध्यक्ष अर्पन लामाले शुभकामना ब्यक्ता गरिएको थियो ।
कार्यक्रमको सभापति डम्बर ब . लामाले निर्माणधिन “छ्योर्तेन” को शिलान्यास तथा भूमि शुध्दिकरण (सालाङ) पुजा, मा उपस्थिति भई शुभकामना आदानप्रदान तथा धार्मिक प्रवचन दिनु हुने धर्म गुरु र सुन्नु हुने सबैलाइ यस कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न गर्न पाएको मा आयोजक परिवारको तर्फबाट हार्दिक आभार र धन्यवाद समेत दिनु भयो ।
प्रतिक्रिया दिनुहोस