१५ विद्यालयका बालविकास केन्द्रमा सामग्री सहयोग ः
479 Views
कास्कीको १५ विद्यालयका प्रारम्भिक बालविकास केन्द्रको व्यवस्थापनका लागि फर्निचर, खेलकूद तथा शैक्षिक सामग्री सहयोग भएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत उक्त केन्द्रहरुमा विद्यालयको आवश्यकताले मध्य नजर गरी उक्त सहयोग प्रदार गरिएको छ ।
“प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र” को मूल मर्मलाई मध्य नजर गर्दै बालमैत्री कक्षाकोठा व्यवस्थापनका लागि सामग्री व्यवस्थापन, स्थानीय स्रोतबाट सामग्री निर्माण तथा प्रयोग, अभिभावकयि शैली सम्बन्धी तालिम वार्षिक रुपमा संस्थाको आयोजनामा प्रदान हुँदै आइरहेको छ ।
विद्यालयमा प्राप्त सामग्रीहरु निकै नै आवश्यक रहेको र यसले बालबालिकाको शिक्षण सिकाई क्रियाकलाप मैत्रीपूर्ण हुने कुरा श्री दिपेन्द्र आधारभूत विद्यालय, मादी १०, कयरे का प्रधानाध्यापक गिता गुरुङले बताउनु भयो ।
त्यस्तै श्री हिमालय मा.वि. मादी ९ गोर्जेका प्रधानाध्यापक चन्द्रमणी अधिकारीले विद्यालयमा रहेको बालविकास केन्द्रमा पहिला नै गाउँपालिका तथा अन्य संस्थाबाट सहयोग भइसकेको र यसै विद्यालयको मातहतमा रहेको हिमालय बालविकास केन्द्रमा शैक्षिक तथा खेलकूद सामग्रीहरुको अभावले कक्षा संचालनमा असहज भई रहेको अवस्थामा प्राप्त सामग्रीले शिक्षक सिकाई क्रियाकलापमा सहयोग तथा यसै वडा भित्रको डाँडाथोक, खानेपानी, बनपाले बाट यस केन्द्रमा आउने ८ जना बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा जानकारी दिनु भयो ।
प्रारम्भिक बालविकासको क्षेत्रलाई परियोजनाले प्राथमिकतामा राखेको र स्थानीय सरकारसँगको समन्वय तथा सहकार्यमा आगामी वर्षहरुमा पनि आवश्कता पहिचान गरी सहयोग र क्षमता अभिवृद्धि तथा अनुगमनका कार्यक्रमहरु निरन्तरता दिइने नौलो घुम्ती नेपालका परियोजना अधिकृत महेश विश्वकर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस