नमुना टोलको नमुना काम उज्यालो सडक
266 Views
पोखरा । पोखरा १७ बिरौटा स्थित सिदार्थ राजमार्ग स्थित नमुना टोल बिकास सस्थाले सडकमा बत्ती बालेर नमुना काम गरेको छ ।
टोल बिकास संस्थाको पहलमा सडक बत्ति जडान गरेपछि साँझपख ढुक्कसँग हिड्ने पाएका बताए । करिब २ किमि क्षेत्रफल ओगटेको टोलमा नियमित सरसफाइ गर्नुका साथै हाइवेको डिभाइडरमा विभिन्न जातका फुलका बेर्ना सारेको छ ।
स्थानीय युवा ब्यबसायी सुर्य बराललगाएत टोलबासीको प्रेरणाले उज्यालो बनाउन सम्भब भएको टोल बिकास संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीबहादुर रानाभाटले बताए । उनले उक्त कार्यको लागि २ लाख खर्च भएको बताए ।
टोल बिकास संस्थाका अध्यक्ष झम्कनाथ पौडेलले टोलबासिको आर्थिक सहयोगमा उज्यालो र हराभरा टोल सकिएको बताए ।
प्रतिक्रिया दिनुहोस