“गान्बा गान्सुम्ला काईरन एवम सम्मान” कार्यक्रम सम्पन्न
302 Views
कास्की, २८ असोज । कोकोम्हेन्दो साहित्य समाजद्वारा तामाङ जातिहरुको मौलिक पर्व म्हेनिङको अवसरमा “गान्बा गान्सुम्ला काईरन एवम सम्मान” कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम १०२ वर्षीय वृद्ध जितमायाले छ्योमे बालेर कार्यक्रमको उद्घाटन गरेकी थिईन् । १०२ वर्षीय वयोवृद्ध जितमाता तामाङकाे प्रमुख अतिथ्यतामा काेकाेम्हेन्दाे साहित्य समाज पाेखराले म्हेनिङकाे पावन अवसरमा १० जना बृद्धाहरुलाई सम्मान गरिएको छ कोकोम्हेन्दो साहित्य समाज संस्थाका अध्यक्ष दीपक तामाङकाे अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा तामाङ संस्कृतिका धराेहर मानिने लामा, बाेम्बाे, ताम्बा, गान्बाहरुले अनुभवसहितकाे शुभकामना मन्तव्य राखेका थिए ।
जसमा लामा गुरु सम्देन डिमडुङ, ताम्बा रामप्रसाद सम्देन, गान्बा टेकबहादुर स्याङ्बाे, गायक हरि याेञ्जन लगायत सम्मानित वयोवृद्धहरुले पनि आ-आफ्नो जीवनभाेगाई र सम्मानित हुन पाएकाेमा खुसी व्यक्त गरेका थिए । विशेष अतिथिका रुपमा रहेका पाेखरा महानगरपालिका वडा नं १६ जैमुरी निवासी ९१ वर्षीय पस बहादुर स्याङ्तनले अक्षयकोष दाता (रु एक लाख रुपियाँ) कोकोम्हेन्दो साहित्य समाजलाई प्रदान गरेको हुँदा उहाँलाई विशेष सम्मान पत्रद्वारा सम्मान गरिएकाे हो ।
उक्त कार्यक्रमका सचिव मिनमाया तामाङकाे सञ्चालनमा रहेकाे सोहि कार्यक्रममा संस्थाका सदस्य मनसुब्बा तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै अध्यक्ष दिपक वाइबाले अन्त्यमा कार्यक्रम समापन घोषर्णा गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रतिक्रिया दिनुहोस