मर्दी बराह महिला साकोसको १० औं साधारण सभा
57 Views

मर्दी बराह महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १० औँ साधारणसभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहकार्य शिक्षा, स्वास्थ्य, झुलुङ्गे पुलका क्षेत्रमा भएको सहयोग उल्लेख्य रहेको बताए ।
सभामा वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरुङ, वडा ९ का वडाध्यक्ष हरिबहादुर क्षत्री, नौलो नेपालका सहकारी व्यवसाय विकास अधिकृत सञ्जीपबहादुर बराललगायतले सहकारीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा मन्तव्य राखेका थिए ।
अध्यक्ष डम्मरकुमारी गुरुङले एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत पशुपालन तरकारी खेती, घुम्तीकोश तथा अति विपन्नलाई सहयोग ९ लाखभन्दा बढी गरिएको बताइन् ।
प्रतिक्रिया दिनुहोस