नेपालीलाई लिन गएको विमान इजरायल पुगियो
232 Views
कास्की, २५ असोज । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ । काठमाडौँबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो । विमानमा परराष्ट्रमन्त्री एनपी सावद पनि छन् ।दुई सय ५० सिट क्षमताको सो विमान आजै राति ९ बजे फर्किने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस