ताम्सालिङ संयुक्त संघर्ष समिती अन्तर्गत महिला विभाग गठन
504 Views
काठ्माण्डौ,२४ असोज । ताम्सालिङ संयुक्त संघर्ष समिती अन्तर्गत महिला विभाग गठन भएको छ।
नेपाल तामाङ घेदुङको सभाहलमा आयोजित महिला भेलाले अभियान्ता आशा तामाङको संयोजकत्वमा ५१ सदस्य विभाग गठन भएको छ ।
त्यसैगरी सहसंयोजकमा शान्ता तामाङ र सदस्य सचिवमा विपना तामाङ चयन हुनुभएको भएको।
ताम्सालिङ संयुक्त संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा समितिको आगामी कार्यक्रम, लक्ष्य, उद्देश्य तथा रणनितिको बारेमा समितिको सदस्य सचिव मोहन गोले तामाङले सहजीकरण गरेका थिए ।
समितिको सचिवालय सदस्य मन्जु मिक्चनले संचालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा कृयाशिल महिला दिदीबहिनीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा घेदुङका सह अध्यक्ष कुमार सिंह घिसिङ, अभियान्ता आशा तामाङ, संगिता तामाङ, देशमाया योन्जन, शान्ता तामाङ, सरोज मोहन लामा लगायतले आआफ्नो धारणा राखेका थिए।
कार्यक्रममा संघर्ष समिती सचिवालय सदस्य बाबुराम लोप्चन, घटक संगठनका देपराज लामा, बुद्धराज स्याङ्तान, युवा विभाग संयोजक ज्ञानु लामाको उपस्थिती रहेको थियो ।
बिभागमा सर्वसम्मत निर्वाचित संयोजक आशा तामाङले तामाङ महिलाको क्षमता अभिवृद्धी, नेतृत्व विकास र ताम्सालिङ आन्दोलनमा महिला सहभागिता वृद्धिका लागि योजना अघि बढाउने बताईन ।
प्रतिक्रिया दिनुहोस