माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारीले घेदुङकै कार्यक्रममा खादा लगाउन निषेधित गर्यो
1806 Views
कास्की, २४ असोज । माछापुच्छ्रे गाउंपालिका भुर्जुङ् खोला तामाङ बौद्ध सामाज र तामाङ घेदुङ माछापुच्छ्रे ईकाई समितिको समन्वयमा एस ईई उत्तीर्ण भाईबहिनीहरुलाई सम्मान कार्यक्रम गरिएको स्थलमा प्रमुख अतिथि माछापुच्छ्रे गाउपालिका उपाध्यक्ष सिता अधिकारीले गाउपालिकाले खादालाई निषेध गरिएको छ भन्दै आयोजकले अतिथिहरुलाई खादा लगाउंन खोज्दा खादा लगाउन दिएनन ।

तामाङ समुदायकै कार्यक्रममा उनलाई प्रमुख अतिथि को रुपमा सम्मान गरि खादा लगाउन खोज्दा न त आंफुले लगाईन न त अरु अतिथिलाई लगाउन दिईन् । उनले सिधैं बहिष्कार गरेकी थिईन् । सोहि कार्यक्रमकै समयमा किन खादा नलगाउंने भन्ने प्रश्नमा उन्ले भनिन् ,”खादा चाईनाबाट आएको हो, हामीले यसको किनबेच गर्दा चाईनालाई फाईदा हुने हुंदा आफ्नै देशमा उत्पादन गरिएको सामाग्री प्रयोग गर्नुपर्छ र प्रयोग गरौं भन्ने जवाफ दिएकी थिईन् ।” यदि यसो हो भने चाईनामा बनेको हरेक सामाग्री किन बन्धेज गराउन सकेनन्? के चाईनाबाट खादा मात्रै नेपालमा किनबेच हुन्छन् त ?


खादा बुद्द धर्म प्रति आस्थावान मानिसहरुले धेरै प्रयोग गरिन्छ । यो विषयमा तामाङ सघंसस्था किन बोल्दैनन्? तामाङको पहिचान,तामाङको संस्कार, तामाङको संस्कृति बारे अभियान चलाएका व्यक्तिहरु प्रति आज गम्भिर प्रस्न उठेको छ ।
तामाङ घेदुङ र तामाङ समाजकै कार्यक्रममा सिता अधिकारीले खादा लगाउंन बहिष्कार गर्नु भनेको तामाङ समुदाय र धर्म प्रति हस्तक्षप गर्नु हो । किभने तामाङ समुदायले सयौं वर्ष अगाडीदेखि मान्दै आएको बुद्द धर्म र प्रयोग गर्दै आएको खादामा समेत प्रतिबन्ध लगाउनु भनेको तामाङ समुदायको संस्कार संस्कृति प्रतिनै हस्तक्षप गर्नु हो ।
बौद्दधर्मवलम्भिहरुले मनाईने बुद्द भगवान र बुद्दलाई चढाईने अष्टमङगल लेखिएको खादालाई प्रयोग गर्नमा प्रतिबन्ध लगाउनु कत्ति जायज हो ?यो विषयमा बौद्द धर्म प्रति आस्था गर्ने र खादा प्रयोग गर्ने मुख्य समुदायहरुको लागि ठुलो झापड दिएको छ । तामाङ समुदायकै कार्यक्रममा सिता अधिकारी प्रमुख अतिथि हुनु र प्रमुख अतिथिबाटै उक्त समुदायलाई अपमान गर्नु कत्तिको उचित कार्य होला ? यो विषय गम्भिर बनेको छ । अब के तामाङ घेदुङले सिता अधिकारीलाई प्रश्न गर्लान त ? कि तामाङ समुदायले सिता अधिकारी बाहेक अरु अतिथि नपाएकै होत ?





प्रतिक्रिया दिनुहोस