तोल्काका स्वयंसेविका लाई प्राथमिक उपचार बाकस हस्तान्तरण
253 Views

पोखरा । आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्नपूर्ण ७ तोल्काका ६ महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्राथमिक उपचार बाकस सहयोग भएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ७, कास्कीको गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको सहयोगमा वडाका वडा अध्यक्ष भरतमान गुरुङबाट हस्तान्तरण भएको हो ।
परियोजनाका जनस्वास्थ्य अधिकृत सुस्मिता आचार्यले परियोजनाले संचालन गर्दै आइरहेको कार्यक्रमहरुको बारेमा जानकारी दिनुभयो । त्यस्तै यस वडामा गठीत स्वास्थ्य आमा समूहका अध्यक्ष भिमकुमारी दुराले परियोजनाले शिक्षा, स्वास्थ्य र आयआर्जन सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । महिला स्वास्थ्य स्वयम् सेविका छमाया रोकाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको निरन्तरताको लागि आग्रह गरिन् ।
कार्यक्रमको समापन मन्तव्य व्यक्त गर्दै अन्नपूर्ण गा.पा. ७ का वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा अन्नपूृर्ण गाउँपालिकाका प्रवत्ता समेत रहेका गुरुङले विगत वर्षहरु देखि नै परियोजनाले शिक्षा, स्वास्थ्य, बाल संरक्षण र आयआर्जन सम्बन्धी कार्यक्रमको उच्च प्रशंसा गर्दै स्थानीय सरकार, गैर सरकारी संस्था र जन समुदाय मिलेर समाज र मुलुकको दीगो विकासमा लाग्नुपर्ने बताउनु भयो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्तर्गतका ६ म.स्वा.स्व.से. लाई औषधी सहितको प्राथमिक उपचार बाकस हस्तान्तरण गरिएको र परियोजनाबाट नै जनस्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि परिचालित भई रहेको जानकारी औपचारिक कार्यक्रमका संचालक यसै परियोजनाका सामाजिक परिचालक बलबहादुर के.सी. ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस