तामाङ भाषामा अनुवादित पुस्तक “धम्मपद” सार्वजनिक
339 Views

काठमाडौँ, २१ असोज । नेपाल सरकारका पुर्व सचिव धन बहादुर तामाङ पाख्रिन्द्वारा तामाङ भाषामा अनुवादित पुस्तक “धम्मपद” सार्वजनिक भएको छ । जेचुन साङ्गे खन्डो रिन्पोछे(जुनामाया थिङ तामाङ) ले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् ।
तामाङ पत्रकार संघद्वारा आयोजित विमोचन कार्यक्रमलई सम्बोधन गर्दै खनडो रिन्पोछेले भगवान बुद्धका महत्वपूर्ण वचनहरु समेटेको बौद्ध ग्रन्थ धम्मपदलाई तामाङ भाषामा अनुवाद गरेर पुण्य कार्य गरेको बताउंदै अनुवादक तामाङको प्रशंसा गरिन । बौद्ध ग्रन्थहरु मध्यको एक महत्वपूर्ण धम्मपद सम्भवत; ‘सबैभन्दा धेरै भाषामा अनुवादित ग्रन्थमा पर्छ । यसलाई तामाङ भाषामा अनुवाद गरेर तामाङभाषीको पंहुचमा पुर्याउनुजस्तो पुण्य कार्य केहि होइन’,उनले भनिन् । तामाङ भाषामा अनुवादित यो कृतिले बौद्ध साहित्यमा ईट्टा थप्ने काम गरेको उन्ले बताईन् ।
अनुवाद तामाङले अन्य भाषामा अनुवाद भईसकेको धम्मपद तामाङ भाषामा नभएकोले त्यसलाई पूर्ति गर्ने प्रयास आंफुले गरेको बताए । तामाङ भाषामा विभिन्न टोन (ध्वनी) रहेको उल्लेख गर्दै उनले त्यसको संरक्षणका लागि पनि पुस्तकमा टोनलाई आधार बनाएर प्रयोग गरेको उनले जानाकारी दिए ।
तामाङ पत्रकार संघका अध्यक्ष सुवास योञ्जनको अध्यक्षतामा भएको विमोचन समारोहमा लेखक रविन्द्र तामाङले स्वागत मन्तव्य राखेका थिए । विमोचन धम्मपद पुस्तकको चर्चा समिक्षक द्वय खोजराज गोले र कृष्ण कुमार लामा योञ्जन्ले गरेका थिए । अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङले अनुवाद तामाङको व्यक्तित्व बारेचर्चा गरे । समारोहमा खेन्पो पाल्साङ नोर्बु बोम्जन लामाले पनि शुभकामना मन्तव्य राखेका थिए ।
विमोचित धम्मपद पुस्तक आवरणसहित १७४ पृष्ठको रहेको छ । पुस्तकमा २६ बग्गो, ४२३ श्लोक समेटिएका छन् । धम्मपद भिक्षु अमृतानन्दले सन् २००८ मा पाली र नेपाली भाषामा प्रकाशन गरेका थिए । ति दुई भाषालाई यथावत राखी तामाङले धम्मपद बग्गो र श्लोकलाई अनुवादक तामाङले ध्वनिको आधारमा तामाङ भाषामा अनुवाद गरेर देवनागरी लिपिमा प्रकाशन गरेका हुन् । पुस्तकको प्रकाशक पवित्रा तामाङ ङ्गेसुर रहेकी छन् । काभ्रे पलानचकको बासडोल निवासी अनुवादक तामाङ २०७४ असारमा सरकारी सेवाबाट अवकास भएका हुन् ।
प्रतिक्रिया दिनुहोस