म्हेनिङ पर्व परिचर्चा कार्यक्रमको समिक्षा बैठक आज सम्पन्न
272 Views
कास्की, २० असोज । पोखरामा म्हेनिङ पर्व परिचर्चा कार्यक्रमको समिक्षा बैठक आज सम्पन्न भएको छ ।
खोज अनलाईन टिभि प्रा.लि. ले आयोजना गरिएको तामाङ जातिहरुको मौलिक पर्व म्हेनिङ कार्यक्रम गत हप्ता शनिबार सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको समिक्षा बैठकमा नेपाल तामाङ घेदुङ संघीय पुर्व अध्यक्ष, लोकोत्तर लोकवादी, आशा अभियान्ता धन प्रसाद तामाङ, नेपाल तामाङ घेदुङ संघीय सदस्य एवम कास्की जिल्ला इन्चार्ज, आदिवासी अभियान्ता सुन्दर थोकर, नेपाल तामाङ घेदुङ संघीय सदस्य, आशा अभियान्ता लोकोत्तर लोकवादी, नाङसाल मिडियाका संचालक पत्रकार चन्द्र मुस्कान ग्याबा, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष राम बहादुर ब्लोन (शिवु), नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका कोषध्यक्ष जसपाल पाख्रिन उपस्थित रहेका थिए ।
समिक्षा बैठक खोज मिडियाका प्रवर्धक, निर्देशक गणेश बज्र लामाको अध्यक्षतामा सम्पन्न भएको हो । सोहि बैठकमा खोज मिडियाका निर्देशक गणेश बज्र लामाले तामाङ समुदायको मौलिक परम्परा, सांस्कृतिक, पहिचानका विषयमा उजागर गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरेको बताऊँदै कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्थाका पदाधिकारी एवम सहयोगी सस्था ने.ता.घे कास्की, ने.ता.घे. पोखरा महानगर समिति, तामाङ पत्रकार संघ कास्की, बैदाम तामाङ सेवा समाज लगायत उपस्थिति सम्पर्णलाई धन्यवाद समेत दिएका छन् ।
त्यसैगरी पत्रकार मुस्कान ग्याबाले उक्त कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रम महत्व पूर्ण रहेको र कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताउनुभयो ।त्यस्तै जसपाल पाख्रिनले बोल्दै कार्यक्रम सव्य र भव्य भएको र कार्यक्रममा भएका प्राविधिक समस्याहरुलाई नियालेर सके सम्म कार्यक्रम हल भित्र सहज रुपमा बस्ने व्यवस्थामा ध्यान दिनुपर्ने जानाकारी दिनुभयो ।
सोहि बैठकमा सुन्दर थोकरले भने विभिन्न तामाङ संघ संस्थाले गर्नुपर्ने कार्यक्रम मिडियाले गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा अझै राम्रो गर्दै जानुपर्ने सल्लाह सुझाव दिएका दिनुभयो ।
त्यस्तै आशा अभियान्ता धन प्रसाद तामाङले कार्यक्रम सोचे भन्दा धेरै राम्रो भएको र उपस्थिति राम्रो रहेको बताउँदै मुख्य गरि म्हेनिङ सम्बन्धी परिचर्चा गर्नुहुने विचार प्रस्तोता खोजराज गोलेलाई सम्झिदै उहाँको प्रशंसा र उहाँको बारे प्रस्ट परेका थिए भने कार्यक्रमका मुख्य प्रायोजक रक्ष योञ्जनलाई विशेष धन्यवाद दिदै उहांलाई सम्झिदै तामाङ जातिहरु पनि कत्ति ठुलो सहोयोगी हुन्छन् ता कि कुनै पनि पालिकामा होस् या वडामा होस् भिख मागे जस्तो आर्थिक सहयोग भनेर प्रवचल लान परेन सजिलैसंग उहाँ लगायत अन्य सहोगी दाताहरुले आर्थिक लगायत कार्यक्रममा आवश्यक सामग्रीहरु सहयोग गर्नुभयो त्यसको लागि सम्पूर्णलाई धन्यवाद दिनुभएको ।
त्यसैगरि म्हेनिङ परिचर्चा कार्यक्रमका सभाध्यक्ष समेत रहेका ने.ता.घे.पोखरा महानगर समितिका अध्यक्ष राम बहादुर ब्लोन (शिवु)ले बोल्दै कार्यक्रम संचालिकाको संचालन स्पष्ट रहेको र कमिकम्जोरिमा सुधार्नुपर्ने सुझाव दिदै कार्यक्रम सव्य र भव्य भएको भन्दै आगामी दिनहरुमा खोज मिडिया र ने. ता. घे. पोखरा महानागर समिति समन्य गरि विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्ने जानकारी दिदै सम्पूर्ण आयोजकलाई धन्यवाद दिनुभयो ।
त्यसैगरी कार्यक्रमका आम्दानी खर्च विवरण सम्बन्धी खोज मिडियाका भि.जे. पत्रकार रजनी तामाङले सबै माझ प्रस्ट सुनाएका थिए । अन्तिममा खोज मिडिया परिवारले सम्पूर्ण सहयोगी दानिविरहरु लगायत सहयोगी संस्थाहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस